आयोजक टिम (निलो)लाई हराउदै पथरीशनिश्चरे क्वाटरफाईनलमा प्रवेश “स्व संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” – Satabdi News

आयोजक टिम (निलो)लाई हराउदै पथरीशनिश्चरे क्वाटरफाईनलमा प्रवेश “स्व संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७”

१७ पुस, बेलबारी । मोरङको बेलबारीमा बेलबारी फुटबल क्लबद्वारा आयोजित “स्व। संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को तेस्रो दिनको खेल सम्पन भएको छ ।

शनिबार भएको खेलमा बेलबारी फुटबल क्लब (निलो) लाई ३–० गोलको अन्तरले पराजित गर्दै पथरीशनिश्चरे विजयी भएको हो । पथरीशनिश्चरेको तर्फबाट खेलको दोस्रो हाफको जर्सी नं। ८ का अंकीत लिम्बुले खेलको ४६ औँ मिनेटमा गोलको गरेका थिए । त्यस्तै जर्सी नं। २१ को विशाल पाण्डेले ५३ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल जर्सी नं। ७ का रोशन माझीले ७४ औँ मिनेटमा गोल गरेका थिए ।

खेल अवधीभर उत्कृष्ट खेल प्रस्तुत गर्दै पथरीशनिश्चरेका जर्सी नं ०४ का मिन धिमाल म्यान अप दि म्याच भएका छन् । उनले नगद रु २ हजार ५ सय ५५ प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

भोलि हुने खेल आयोजक बेलबारी फुटबल क्लब (रातो) र लेटाङ फुटबल क्लब लेटाङ बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिता बेलबारी वडा नं ३ स्थित बेलबारी रगंशालामा भएको हो ।

फोटो साभार–कोशी नेपाल डमकम

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आयोजक टिम (निलो)लाई हराउदै पथरीशनिश्चरे क्वाटरफ..." A few seconds ago

सम्बन्धित खवर