काकुममा भलिबल प्रतियागिता, लेटाङ र धरान–१७, बबियाबिर्ता र बिर्तामोड सेमिफाईन खेलमा प्रवेश – Satabdi News

काकुममा भलिबल प्रतियागिता, लेटाङ र धरान–१७, बबियाबिर्ता र बिर्तामोड सेमिफाईन खेलमा प्रवेश

१८ पुस, बेलबारी । बेलबारी वडा नं ४ स्थित काकुम बुधबारेमा काकुम युवा समुहद्वारा आयोजित ३ दिने भलिबल प्रतियोगिता भएको छ ।

शनिबार भएको दोस्रो दिनको पहिलो चरणको खेलमा बेलबारी –११ लक्ष्ममिार्गलाई २–० को सोझो सेटको अन्तरले पराजित गदै लेटाङ सेमिफाईनमा प्रवेश गरेको हो । पहिलो सेटमा २५–७, दोस्रो सेटमा २५–११ ले जित हासिल गरेको हो ।

त्यसै गरी दोस्रो चरणको खेलमा दमकलाई २–१ अन्तरले जित हासिल गराउदै धरान–१७ सेमिफाईनमा प्रवेश गरेको छ । पहिलो सेटमा २२–२५, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ को सेटले जित हासिल गरेको हो ।

त्यसै गरी अलराईमलाई हराउदै बबियाबिर्ताले पनि जित हासिल गरेको छ । पहिलो सेटमा २२–२५, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ को सेटले पराजित गदै सेमिफाईन खेलमा प्रवेश गरेको हो ।

त्यसै गरी धरान–१५लाई पराजित गदै बिर्तामोडले हासिल गरेको छ । पहिलो सेटमा २५–२३ भने दोस्रो सेटमा २५–२० सेटले जित दिलाउदै सेमिफाईनमा प्रवेश गरेको हो ।

भालि आइृतबार भने सेमिफाईन र फाईनलको हुने आयाजकले जनाएको छ । भोलि हुने सेमिफईनल खेल लेटाङ भरसेस धरान–१७ र बबियाबिर्ता भरसेस बिर्तामोड हुने भएको छ । प्रतियोगिताको विजेतालाई रु ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काकुममा भलिबल प्रतियागिता, लेटाङ र धरान–१७, बबि..." A few seconds ago

सम्बन्धित खवर