“स्व. संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को उद्द्घाटन सम्पन, विराटनगर विजयी – Satabdi News

“स्व. संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को उद्द्घाटन सम्पन, विराटनगर विजयी

१६ पुस, मोरङ । मोरङको बेलबारीमा बेलबारी फुटबल क्लबद्वारा आयोजित “स्व. संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को औपचारीक रुपमा उद्द्घाटन खेल भएको छ ।

बेलबारकिा एक कुशल खेलाडी स्व संजोग लिम्बुको सम्झनामा खेलाईएको नकआउट फुटबल प्रतियोगिताको उद्धघाटन बेलबारी नगरपालीकाका प्रमुख ज्ञानेन्द« सुवेदीले पानसमा दिप प्रज्ज्वलका साथै बेलुन उडाएर गरेका छन् ।

आज बिहिबार भएको उद्धघाटन खेलमा डागीहाट फुटबल क्लबलाई २–१ को अन्तरले पराजित गर्दै विन्ध्यवासिनी फुटबल क्लब विराटनगर विजयी भएको हो । विराटनगरको तर्फबाट खेलको पहिलो हाफको २९ औ मिनेटमा जर्सी नं ०४ का मिलन राई र दास्रो हाफमा जर्सी नं १० का भुवन बस्नेत गोल गरेका छन् । डागीहाट फुटबल क्लबको तर्फबाट भने खेलको दास्रो हफमा जसी नं १० का सुसन तामाङले गोल गरेका छन् ।

खेल अवधीभर उत्कृष्ट खेल प्रस्तुत गर्दै विराटनगरका जर्सी नं १५ का पदम भट्टराई म्यान अप दि म्याच भएका छन् । प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

भोलि हुने खेल धरान सिटी क्लब धरान र उर्लाबारी फुटबल क्लब उर्लाबारी हुने आयोजकले जनाएको छ। प्रतियोगिता बेलबारी वडा नं ३ स्थित बेलबारी रगंशालामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“स्व. संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७..." A few seconds ago

सम्बन्धित खवर