बेलबारीमा कांग्रेसद्वारा विरोध प्रदर्शन कार्यक्रम ( तस्वीर ) – Satabdi News

बेलबारीमा कांग्रेसद्वारा विरोध प्रदर्शन कार्यक्रम ( तस्वीर )

पुस १३, बेलबारी । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ०५ प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले सोमबार बेलबारीमा विरोध प्रदर्शन गरेको छन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको विरोध कार्यक्रममा सुन्दरहरैचाको विराटचोक देखि सुरु भएको ¥याली बेलबारीको पश्चिम बसस्टेनमा आएर कोणसभामा भएको थियो । संसद विघटनको विरोधमा कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेसका महामिति सदस्य सुनिल शर्माले, “प्रधानमन्त्री ओलीले सत्तामा बसेर भ्रष्टाचार बढाउने बाहेक कुनै परिवर्तनका लागि काम गर्न नसकेको र निर्मला बलात्कार काण्डका अभियुक्तलाई कारबाही गर्न समेत नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।” शर्माले कोरोना नियन्त्रण गर्न पर्ने समयमा सरकारले भ्रष्टाचार बढाउने काम मात्र गरेको बताए ।

कार्यक्रममा महासमिति सदस्य तथा प्रदेश १ सभासद शेखरचन्द थापा, सुर्यमा राई, सुनिल कुमार शर्मा, महेन्द सुवेदी, नगेन्द कटेल, ललित श्रेष्ठ, लगायतको उपस्तिथि रहेको थियो ।

कोणसभामा महाधिवेसन प्रतिनिधि सन्जय भटराई, प्रदेश १ सभासद शेखरचन्द थापा, सुर्यमा राई, सुनिल कुमार शर्मा, महेन्द सुवेदी, नगेन्द कटेल, ललित श्रेष्ठ, जिल्ला सदस्य सुयर्मा राई, बेलबारी नगर सभापति सम्भु भटटराई लगायतले सम्बोधन गरेका थिए ।

तस्वीरहरु

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा कांग्रेसद्वारा विरोध प्रदर्शन कार्यक्..." A few seconds ago

सम्बन्धित खवर