राष्ट्रपतिको निर्बाचन मतमा बाइडेन अगाडि – Satabdi News

राष्ट्रपतिको निर्बाचन मतमा बाइडेन अगाडि

कार्तिक १९, बेलबारी । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको छ । अहिलेसम्म मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन् । राष्ट्रपतिय निर्वाचनमा कुल ५ सय ३८ इलेक्टोरेलमध्ये २ सय ७० इलेक्टोरेल जसको पक्षमा आउँछ, उही निर्वाचित हुन्छ ।

पछिल्लो परिणामअनुसार बाइडेनको पक्षमा २ सय १५ र ट्रम्पको पक्षमा १ सय ६५ इलेक्टोरेल मत छ । यद्यपी, रिपब्लिकन पार्टीको पकड रहेका धेरै राज्यमा मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ । यस्तोमा, २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यको परिणाम ट्रम्पका लागि निर्णायक रहने अनुमान गरिएको छ । विश्लेषकहरु राष्ट्रपतिका रुपमा कायम रहिरहने संभावना जीवित राख्न उनले यस राज्यमा विजय हासिल गर्नैपर्ने बताइरहेका छन् । २०१६ मा ट्रम्पले फ्लोरिडा जितेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राष्ट्रपतिको निर्बाचन मतमा बाइडेन अगाडि" A few seconds ago

सम्बन्धित खवर