५ महिना अघि कोरोनाबाट मृत्यु भएको लासलाई दाहसंस्कार – Satabdi News

५ महिना अघि कोरोनाबाट मृत्यु भएको लासलाई दाहसंस्कार

कार्तिक १८, बेलबारी । अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको एकजनाको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा कोरोना संक्रमण देखिएको थियो ।

उनको शव करीब ५ महिनापछि उत्खनन् गरेर अन्तिम दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो।

त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको खनालले बताए ।

साभार ;अन्नपूर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "५ महिना अघि कोरोनाबाट मृत्यु भएको लासलाई दाहसंस..." A few seconds ago

सम्बन्धित खवर