बेलबारीमा बलात्कार विरुद्ध मौन प्रदर्शन – Satabdi News

बेलबारीमा बलात्कार विरुद्ध मौन प्रदर्शन

असोज २४, बेलबारी । बलात्कारको घटना दिन प्रतिदिन बढेसंगै देशको विभिन्न ठाउँमा विरोध प्रदर्शन हुदै आएको छ । त्यस्तै मोरङको बेलबारीमा पनि बलात्कार विरुद्ध मौन प्रदर्शन गरेका छन् ।

बेलबारीका युवाहरुले पश्चिम बस स्टेसन नजिकै मौन प्रदर्शन गरेका हो । विहान करिव ९ बजे देखि १० सम्म भएको उक्त प्रदर्शनमा विद्यार्थी, युवाको उपस्थिति रहेको थियो ।

“समाजमा बलात्कारको घटना दिन प्रतिदिन बढे संगै आज शनिबार नेपाल भरि सबै विद्यार्थी, युवा मिलेर मौन प्रदर्शन गरेका हौ । प्रदर्शन बेलबारीमा नभएर विराटनगर, ईटहरी, धरान, दमक लगायत देशको सबै ठाउँमा एक साथ भएको छ । हामीले सके सम्म सबैले कालो कपडा लगाएर सरकार र सरोकारवालाहरुलाई खबदरी गरेका हौ ।” कार्यक्रम संयोजक रोजिना भट्टराईले शताब्दी न्युजलाई बताए ।

यस्ता प्रकृतिका घटनाहरुले दिनप्रति दिन महिला दिदी बहिनीहरु असुरक्षित हुँदै गएको हुदा र सरोकारवला निकायले यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन एव सरोकारवला निकायले ध्यान दिनु पर्ने नेता विपिन आचार्य बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा बलात्कार विरुद्ध मौन प्रदर्शन" A few seconds ago

सम्बन्धित खवर