किरावी संघद्वारा पारुहाङ परिवारलाई १७ लाख भन्दा बढी रकम हस्तान्तरण – Satabdi News

किरावी संघद्वारा पारुहाङ परिवारलाई १७ लाख भन्दा बढी रकम हस्तान्तरण

भदौ २८, इटहरी । किरात राई बिद्यार्थी संघद्वारा संचालित पारुहाङ राई बचाउ अभियानको आज आइतबार एक कार्यक्रमका विच समापन गरिएको छ ।

विगत तीन वर्ष देखि ओस्टियोमाईलिटीस अर्थात गोडाको हड्डी टुक्रिएर झर्ने रोगले थलिएका भोजपुर रामप्रसाद गाउँपालिकाका १४ वर्षीय पारुहाङ राईको प्राण बचाउनका लागी किरात राई बिद्यार्थी संघ केन्द्रिय समितीले विगत केहि महिना अघि देखी आर्थिक संकलन अभियान संचालन गर्दै आएको थियो ।

पारुहाङ राई बचाउ अभियान बाट संकलित १७ लाख ३२ हजार ७ सय २३ रुपैँया  एक औपचारिक कार्यक्रम गरि  पारुहाङको परिवारलाई हस्तान्तरण गरिएको छ ।

भोजपुर जिल्ला रामप्रसाद राई गाउपालिका वडा नम्बर १ स्थायी ठेगाना भएका पारुहाङ हाल इटहरी स्थित आफ्नो सानिमा(छ्यामा)को  शरणमा बसिरहेका छन् । सानैमा बाबुले छाडेको र आमा पनि साथमा नभएको कारण पारुहाङको प्रभावकारी उपचार हुन सकिरहेको थिएन ।

पहिलाको भन्दा अहिले स्वास्थ स्थिति सहज बन्दै गएको छ । किरात राई बिद्यार्थी संघको यति ठुलो सहयोगले आफुमा आत्मबल बढ्दै गएको र आफ्नो रोग चाडै ठिक हुने विश्वास रहेको पारुहाङले बताए ।

कार्यक्रममा बोल्दै किरावि संघका अध्यक्ष रामचन्द्र राईले यस अभियानलाई बिश्वास गरि मानविय जीवन रक्षाको महान काममा आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोग दाताहरुलाई धन्यावाद व्यक्त गर्नुका साथै आवश्यक परेमा यो अभियानलाई अझै निरन्तरता  दिन सकिने बताए ।

१७३ भन्दा बढी दाताबाट दुई महिनाको अवधिमा उक्त रकम संकलन गरिएको रामचन्द्र राईले जनाए।

पीडित बालकको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिएको र लकडाउन खुल्न साथ थप उपचारका लागी काठमाडौ लगिने पारुहाङका सानिमाले बताइन ।

कार्यक्रम इटहरी स्थित पारुहाङ बस्दै गाएको घरमा गरियो थियो भन्ने कार्यक्रम संचालन केन्द्रिय सचिव असोक राईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरावी संघद्वारा पारुहाङ परिवारलाई १७ लाख भन्दा..." A few seconds ago

सम्बन्धित खवर