किरात राई यायोक्खाद्दारा आव्हान गरेका SEE का ६४ जना विद्यार्थीलाई छात्रवृत्ति – Satabdi News

किरात राई यायोक्खाद्दारा आव्हान गरेका SEE का ६४ जना विद्यार्थीलाई छात्रवृत्ति

भाद्र २४, काठमाडौ । किरात राई यायाेक्खा, केन्द्रिय समिती शैक्षिक बिभागद्दारा किरात राई समुदायका SEE उतिर्ण भएका विद्यार्थीहरूको लागि छात्रवृत्ति नजिता सार्बजनिक भएको छ । छात्रवृत्ति कक्षा ११ र १२ काे लागी यलाखिम भित्र रहेका विभिन्न १२ वटा शैक्षिक संस्थाहरूमा अध्ययन गर्न पाउने भएका छ्न ।

यायाेक्खाकाे सुचित सुचनाकाे आधारमा भदाै १७ गते सम्म दर्ता भएका निवेदक विद्यार्थीहरूलाई भदौ २० र २१ गते भर्चुअल र फाेन मार्फत अन्तरवार्ता लिएका थिए । किरात राई यायोक्खाले बिभिन्न मापदण्डकाे आधारमा बनाएको मुल्याङ्कन र छनाैट प्रकृयाबाट सम्पुर्ण भाषिक/थरगत, जिल्ला र भात्रृ संस्थाहरूलाई समेट्दै गत वर्षहरूको भन्दा केहि सिट संख्या बढाएर ६४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको कुरा शैक्षिक बिभाग प्रमुख हेमन्त राईले शताब्दी न्युजलाई बताएका छन ।

किरात राई समुदायको शैक्षिक अभियानको निम्ति, आर्थिक अभाब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक बिकाशको निम्ती बिगत लामो समय देखि यायोक्खाले छात्रवृत्ति गर्दैआईरहेको छन । यायोक्खाको सचिब तथा शैक्षिक बिभाग प्रमुख हेमन्त राईको संयोजक अन्य सदस्यहरु मन्जु सोताङ, बिर्शिका राई, पर्शुराम राई र राकेश राई बनेको समितीले ६४ जना विद्यार्थीलाई छात्रवृत्तिको लागी सिफारिस गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई यायोक्खाद्दारा आव्हान गरेका SEE का ६४..." A few seconds ago

सम्बन्धित खवर