बेलायतमा कोरोना भाईरसको कारण थप दुई नेपालीको भुपु सैनिकको मृत्यु – Satabdi News

बेलायतमा कोरोना भाईरसको कारण थप दुई नेपालीको भुपु सैनिकको मृत्यु

बेलायत । कोरोनाभाइरस संक्रमणका कारण बेलायतमा थप दुई जना पूर्व नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतमा बस्दै आएको ५९ वर्षीय चेतप्रसाद गुरुङको मंगलबार नर्थवीक पार्क अस्पतालमा निधन भएको थियो ।

कोरोनाबाट मृत्यु हुने गुरुङ दोस्रो पूर्व गोर्खा सैनिक हुन् । यसअघि संखुवासभा घर भएका बेलायमा रहेका लिलाबहादुर राईको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

बुधबार ५८ वर्षीय पूर्व गोर्खा सैनिक शिव श्रेष्ठको पनि मृत्यु भएको छ ।

पर्वतको पैयूखोला स्थायी घर भएका गुरुङ तमु धि बेलायत इकाइका वरिष्ठ उपाध्यक्ष समेत थिए ।

सोलुखुम्बु घर भएका श्रेष्ठ गत मार्च ३० सम्म नियमित काममा रहेका थिए । खोकी र ज्वरो देखिएपछि उनी आइसोलेशनमा बसेका थिए । यसअघि बेलायमा बस्ने अर्का एक नेपालीको पनि ज्यान गएको थियो ।

नेपाली लिंकको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलायतमा कोरोना भाईरसको कारण थप दुई नेपालीको भु..." A few seconds ago

सम्बन्धित खवर