मनाङ मर्स्याङ्दीका निशानले आफ्नो ट्रफी बाबालाई समप्रण गर्दा सबै भाबब्यहेल भए । – Satabdi News

मनाङ मर्स्याङ्दीका निशानले आफ्नो ट्रफी बाबालाई समप्रण गर्दा सबै भाबब्यहेल भए ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न !’

यो आवाज मनाङ मस्र्याङदी क्लबले बुडा सुब्बा गोल्ड कपको प्रथम उपाधी जितेपछि मनाङ्को खेलाडी निशान लिम्बूको  हो ।

आफ्नो विरासतलाई कायम राख्दै २२ औं बुढासुब्बा गोल्डकपको उपाधी मनाङ मस्र्याङ्दी ले चुम्यो । आफ्नो चिरपरिचित प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई तीन एकले जित्यो । मनाङका दयानन्द सिंह, निसान लिम्बु र विमल रानाले गोल गरे भने उता पुलिसका भोला सिलवालले पेनाल्टिमा गोल गरे ।

तर जब मनाङले उपाधी चुमीसकेपछि भने खेल मैदान भावुक्तातर्फ मोडियो । माथिको बोलि मनाङ्मका  उत्कृष्ट खेल पस्किरहेका निसान लिम्बुको हो । उनले आफ्नो  बाबा बिमल लिम्बुलाई दर्शक दीर्घाबाट बोलाएर कपसँग फोटो खिचाउदै भावुक हुदै  भने ‘ यो जीत र यो कप मेरो बाबा  र मेरा समर्थकहरुलाई समर्पण गर्न चाहन्छु ।’हजारौ दर्शक माझ छोरा निशान लिम्बूबाट ट्रफी हातमा  लिदा भाबुक बनेको देखिन्थ्यो ।आज निशान लिम्बूको बाबा भनेर चिनिएकोमा छोरा प्रती गर्ब गरे र प्रगतीको कामना गरे।निशान को यो निर्णयलाई समर्थक सबैले ताली बजाएर स्वागत गरे ।

फुटबलमा भविष्य छैन, यो खेलेर उभो लाग्न सकिदैन बरु केही गर भनेको कुरा निसानले खुब सम्झे । कुनै बेला मनाङ र थ्रीस्टारको खेल  दर्षक बनेर हेर्थे । तर पछि राम्रो खेल्दै गएपछि नजिकैको बुढासुब्बा गोल्ड कप खेलेको हेर्ने सपना मात्र बोकेका निशान आज नेपालकै प्रतिष्ठित क्लब मनाङबाट प्रथम उपाधि जिताउन प्रमुख भुमिका खेल्न पाएको मा दङ्ग देखिन्थे।

निशानले खेल अवधीभर आफ्ना  समर्थकहरुलाई निराश पारेनन् । प्रत्येक खेलमा गोल गरेर आफ्ना  समर्थकहरुलाई  उनले खुशी दिलाएका थिए।

ऊता  उत्कृष्ट खेलाडीको व्यक्तिगत पुरस्कार स्कुटी लिदा सुरज वि.क.ले आफ्नी आमासँगै फोटो खिचाउँदा पनि सो समारोेह भावविह्वल बनेको थियो । सुरजको आमा छोराको पुरस्कार आफुले थाप्दा गहभरि आँशु जमाइन् सुरजको आमाले त मनाङका कोच, अफिसियल, खेलाडी तथा भेटेजतिका मनाङका सबै समर्थकलाई आशिर्वाद दिन भ्याए । सो दृष्यले धेरैको मन छोएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मनाङ मर्स्याङ्दीका निशानले आफ्नो ट्रफी बाबालाई ..." A few seconds ago

सम्बन्धित खवर