बेलबारीमा तामाङ समुदायले मनाए सोनाम ल्होछार – Satabdi News

बेलबारीमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

२१ माघ, बेलबारी । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात नयाँ बर्ष सोमबार बेलबारी ८ स्थिति तामाङ्ग छ्योइलिङ बौद्ध गुम्बामा विविध कार्यक्रमका साथ भब्य रुपमा मनाइएको छ।

मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिन देखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ। खि ल्हो(कुकुर वर्ग)को बिदाइ गरी नयाँ ‘ल्हो अर्थात (मन्जुश्री सम्वत) २८५६ फाग ल्ह’ (सुंगुर वर्ग) को स्वागत गरी नयाँ वर्ष मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद सुर्यमा राज राई, विशिष्ट अथिती बेलबारी नगर उपप्रमुख ढाका कुमारी पराजुलीले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्द्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ बेलबारी समन्वय समितीका अध्यक्ष तिलक प्रसाद राइले नेपाल बहुभाषिक, बहुधार्मिक, बहु- सांस्कृतिक ,रिति रिवाज,भेषभुषा युक्त अत्यन्तै सुन्दर र धनी देश भएको र यसलाई सम्मान रुपमा कानुन नियम बनाएर संरक्षण – सम्बर्द्धन गर्न सके देशको मात्र नभै बेलबारी नगरपालिकाको गहना र सम्पत्ति हुनुका साथै एउटा स्वो- स्पुर्त रुपमा पर्यटकीय क्षेत्र बन्ने जनाए ।

प्रमुख अथिती राइले सोनाम ल्होसार केवल तामाङ जातिको मात्र नभएर सिङ्गो नेपालको पहिचान झल्कने राष्ट्रिय पर्व हो । तामाङ जाती आफैमा एउटा समृद्धसाली जाती र अत्यन्तै ठुलो योगदान पुर्याएको जाती भएको बताए । राइले तामाङ समुदायलाई गुम्बा तथा धार्मिक पर्यटन बिकासका आफ्नो संसद कोषको बजेट छुट्याइ दिने साथै आघामी बर्षको प्रदेश सरकारको रातो किताबमा त्यस योजनालाई मन्त्रालयबाट पाश गराउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा मगर संघले झाकी नृत्य प्रस्तुत गरेको थियो भने स्थानीय चर्चित कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिहरु देखाएर भरपुर मनोरञ्जन प्रदान गराएका थिए ।

कार्यक्रममा चंदादाता द्वय दल बहादुर तामाङ र सन्तोष तामाङलाई कार्यक्रममा सम्मान पत्र तथा खदा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा महेन्द्र जङ तामाङ, ने.त.घे. केन्द्रिय सचिवालय सदस्य भिमसेन योज्जन तामाङ, केन्द्रिय सदस्य राम जारी तामाङ, नेपाल तामाङ घेदुङ प्रदेश नं १ अध्यक्ष रेखबहादुर तामाङ , जनप्रतिनिधि तथा विभिन्न संघ- संस्थाका प्रतिनिधि लगायत समाजसेवीहरुको आथित्यता रहेको थियो।

कार्यक्रमको अध्यक्षता सन्तमान तामाङले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य सन्तोष तामाङले दिएका थिए ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा तामाङ समुदायले मनाए सोनाम ल्होछार" A few seconds ago

सम्बन्धित खवर