बेलाबारीमा सोनाम ल्होसार २८५६ जीव ल्होको स्वागत – Satabdi News

बेलाबारीमा सोनाम ल्होसार २८५६ जीव ल्होको स्वागत

१० माघ, बेलबारी । तामाङ समुदायले आजदेखि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउदै छन् । यसैबीच नेपाल तामाङ घेदुङ बेलबारी नगर कार्यसमितिले दिप प्रज्जवलन गरि सोनाम ल्होसार २८५६ जीव ल्हो लाई स्वागत गरेको छ ।

शुक्रबार बेलबारीको मालपोत चोकमा नेपाल तामाङ घेदुङ बेलबारी नगर कार्यसमितीले दिप प्रज्जवल गरि शुभकामना आदन प्रदान गरेको हुन । कार्यक्रममा बेलबारी आदिवासी जनजाती महासंघ बेलबारी नगर समितिका अध्यक्ष तिलक राइले नेपाल बहुजातीय, बहुभाषिक, बहुसास्कृतिक मुलुक भएकाले राज्यले सबैलाई सम्मान दृस्ठिकोणले हेर्नु पर्ने जनाए। सरकार जुनसुकै दलको भएता पनि नेपाल आदिवासी जनजाती महासंघ संदैव आदिवासी तथा उत्पीडित जातीको हकअधिकारको लागी सधै लडने बताए।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले सुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमका प्रमुख अथिती नेपाल तामाङ घेदुङ १ नम्बर प्रदेश अध्यक्ष रेख बहादुर तामाङले सोनाम ल्होसार तामाङ समुदायको मात्र चाड नभै सिङ्गो नेपाली र राष्ट्रको चाड भएको बताए। नेपाली जनताको लामो त्याग, बलिदानी, र संघर्ष बाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्त भएता पनि सरकारले समृद्धि नारा ल्याएर आदिवासी जनजातीले पाउदै आएको सार्वजनिक बिदा पनि कटौती गर्नु अत्यन्तै खेद जनक रहेको र कटौती गरिएको सार्वजनिक बिदा तत्काल पुर्नस्थापन गरिनु पर्ने बताए।

कार्यक्रम नेपाल तामाङ घेदुङ बेलबारी नगर कार्यसमितिका अध्यक्ष सन्देश तामाङको अध्यक्षत्तामा भएको थियो। कार्यक्रम संचालन सचिव राजकुमार घिसिङ तामाङले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलाबारीमा सोनाम ल्होसार २८५६ जीव ल्होको स्वागत" A few seconds ago

सम्बन्धित खवर