आङकाजीले यसकारण श्रीपेच लगाएको तस्बिर समाजिक सञ्जालमा राख्छन – Satabdi News

आङकाजीले यसकारण श्रीपेच लगाएको तस्बिर समाजिक सञ्जालमा राख्छन

१ माघ, काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले आज माघ १ गते देखि डेढ करोड आदिवासीहरुका लागि पाँच दिन सार्वजनिक विदा माग दाबी गरेका छन् ।

शेर्पाले फेसबुकमा श्रीपेच लगाएको आफ्नाे फोटो राख्दै चारबुँदे विज्ञप्ती निकालेका छन् । आफूले श्रीपेच लगाउनुका कारण उनले अन्तिम बुँदापछि उल्लेख गरेका छन् । उनले आफू ‘आदिवासीका पूर्वराजाहरुको उत्तराधिकारी’ भनी उल्लेख गरेका छन्

उनले नश्लवादी राज्य सत्ताका राष्ट्रपति र प्रधानमन्त्रीले डेढ करोड आदिवासीहरुको चाडमा दिइने विदा कटौती गरी आदिवासीको चाडमा एक पन्ना शुभकामनामा मात्र सीमित पारेको उल्लेख गरेका छन् ।
शेर्पाको भनाइः

प्यारा नेपाली जनता

(१) नश्लवादी राज्यसत्ताका राष्ट्रपति र प्रधानमन्त्रीले हामी डेढ कराेड अदिवासीका चाड पर्वका विदाहरू कटाैती गरेर हाम्रा चाडपर्वकाे हैसियत मात्रा एक पन्नाकाे शुभकामनामा सिमित गरेकाेमा गहिराे दुख व्यक्त गर्दछु ।

(२) नेपालकाे बहुजातीय, बहुधार्मिक र बहुभाषिक पहिचानलाई समूल नष्ट गरेर एकल जातीय राज्य बनाउने नश्लवादी शासकहरकाे षड्यन्त्रलाई हामी सबैले आ-आफ्नाे पार्टीभन्दा माथि उठेर चुनाैती दिनुकाे विकल्प छैन ।

(३) यदि हामी विभिन्न राजनीतिक कित्तामा खण्डीत भएर हाम्रा पहिचान र अधिकारका लागि एक ढिक्का भएर समयमा आवश्यक कदम नउठाए हाम्रा नाती पनातीकाे पालासम्ममा हामी आदिवासीहरूकाे पहिचान एक देशकाे दन्त्यकथामा मात्र सीमित हुने निश्चित छ ।

(४) नश्लवादी राज्यसत्ताकाे अतिहिन्दुवादी बन्चराेकाे प्रहारबाट मर्माहत भएका स्वाभिमानी नागरिक नेपालका डेढ कराेड आदिवासीहरूलाई आज माघ १ गते नेपाल र नेपालीकाे महान राष्ट्रिय चाड माघे सकराती, घ्य: चाकु संलु, माघी पर्व, कक्फेवा तङ्नाम, म्हिलाङे सोङ्ती, छार म्हेङ र किरात येले सम्वत् ५०८०, माङसेबुङकाे शुभकामना व्यक्त गर्दै ५ दिनकाे सार्वजनिक विदा घाेषणाकाे मागदावी समेत गर्दछु ।

बुद्ध र लुम्बिनीले
हामी सबैकाे कल्याण गरून !
जय पहिचान
जय गणतन्त्र
जय संघीयता
जय समानुपातिक समावेशी राज्य
जय नेपाल

आदिवासीका पूर्व राजाहरूका उतराधिकारी
आङ काजी शेर्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आङकाजीले यसकारण श्रीपेच लगाएको तस्बिर समाजिक सञ..." A few seconds ago

सम्बन्धित खवर