किरात खालिङ राई उत्थान संघ मिक्लाजुङ गा.प अध्यक्षमा सन्त खालिङ – Satabdi News

किरात खालिङ राई उत्थान संघ मिक्लाजुङ गा.प अध्यक्षमा सन्त खालिङ

२० पुस, मिक्लाजुङ । किरात खालिङ राई उत्थान संघ मिक्लाजुङ गाउँ कार्य समिती अध्यक्षमा सन्त खालिङ राई सर्वसम्मतबाट चयन भएका छन् ।
किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिती मोरङ-सुनसरीको संयोजकत्वमा मिक्लाजुङ गाउँपालिका २ कुवापानी पदम खालिङ राईको निवासमा आयोजित कार्यक्रमले सन्त खालिङ राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो।
समितिको उपाध्यक्ष पुर्ण जित खालिङ राई , सचिव सुलन खालिङ राई , सह- सचिव सुक्मान खालिङ , कोषाध्यक्ष दिमन खालिङ राई , सदस्यहरु संजय खालिङ राई , दिल बहादुर खालिङ राई , दिल बहादुर खालिङ राई, सन्त खालिङ गरि ०९ सदस्यीय गाउँ कार्यसमिति गठन भएको हो।
गाउँ कार्य समिति गठन कार्यक्रमको उद्दघाटन किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिती मोरङ-सुनसरी निवर्तमान अध्यक्ष खडग बहादुर खालिङ राईले गरेका थिए। जिल्ला कार्यसमिती मोरङ- सुनसरीका सल्लाहकार टिकाराम खालिङ राई लगायत खालिङ राई अभियान्ताहरुको उपस्थितिमा समिती गठन कार्यक्रम सम्मपन्न भएको थियो।
उद्द्घाटन कार्यक्रम किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिती मोरङ – सुनसरी अध्यक्ष पर्वत खालिङ राई अध्यक्षतामा सम्मपन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात खालिङ राई उत्थान संघ मिक्लाजुङ गा.प अध्यक..." A few seconds ago

सम्बन्धित खवर