बेलबारीका गुरुङ समुदायले मनाए तुम ल्होसार – Satabdi News

बेलबारीका गुरुङ समुदायले मनाए तुम ल्होसार

१५ पौष, बेलबारी । बेलबारीमा रहेको गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाएका छन् । तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारीको आयोजनमा बेलबारी नगरपालिका वडा नं ११ लक्ष्मीमार्ग स्थित नमो: बुद्धीष्ट गुम्बामा मनाएका हुन ।

कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा दीप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । नेपाल एक बहुजातिय, बहुभाषिक देश भएकोले विभिन्न जातजातिको भाषा, धर्म कला संस्कार संस्कृतिको स्थायित्व र संरक्षण गर्नु पर्नेमा विशेष जोड दिन मेयर सुवेदीले बताए ।

कार्यक्रममा तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् के.स केशरमान गुरुङ, मोरङ जिल्ला अध्यक्ष मनकुमार गुरुङ, समाजसेवी डी.पी राई, विभिन्न वडाका अध्यक्षहरू, मोरङ सचिव कृष्ण गुरुङ, आदिवासी जनजाति नगर समन्वय परिषद्, बेलवारीका अध्यक्ष तिलक प्रसाद राई, नेपाल मगर संघका अध्यक्ष केशवथापा मगर लगायतको उपस्थिति रहेको थियो ।

तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारीले विभिन् खेलहरु पनि खेलाएका थिए । आज भएको वडा स्तरिय भलिबलको फाइनलमा वडा नं ३ विजयी भएको थियो भने उपविजेता वडा नं ११ भएको थियो । त्यस्तै विजेता टिमले रु १५ हजार नगद सहित प्रमाणपत्र मेडल र उपविजेताले रु ७ हजार प्रमाणपत्र मेडल प्राप्त गरेका थिए । भलिबल खेलमा ८ टिमको सहभागिता भएको थियो ।

छेलो खेलमा वाड नं. ८ का गणेश गुरुङ विजयी भएका छन् भने म्युजिक चियरका वडा न. २ का सङ्गीता गुरुङ विजयी भएकी छन् ।

कार्यक्रम तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारीको अध्यक्ष रन्जीत गुरुङको अध्यक्षता भएको थियो भने सचिव कमल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका गुरुङ समुदायले मनाए तुम ल्होसार" A few seconds ago

सम्बन्धित खवर