उधौली पर्व किन मनाईन्छ ? – Satabdi News

उधौली पर्व किन मनाईन्छ ?

आज मसिंर २६ गते नेपालीहरुले आज उधौली पर्व मनाउदैछन । नेपाल जातीय विविधताको देश हो । विभिन्न जातीय समुदायहरू आफ्नै परम्परा र संस्कृति अनुसरण गर्दछन्। मेला र चाडहरू प्रत्येक जातीय समुदायको एक हिस्सा भएको छ। यसैले एक वा अर्को प्रकारको मेला र चाडहरू वर्षभरि मनाइन्छ। यहाँ मनाउने प्रायःचाडपर्वहरू धर्म, संस्कृति र पौराणिक कथामा आधारित छन्।

हामी मध्ये धेरैलाई चाडपर्वहरू हाम्रो इलाकामा भइरहेका बारे थाहा छ तर त्यो देशका अन्य भागमा बस्ने मानिस वा समुदायसँग होइन। केहि चाडहरू देशको पर्वतीय क्षेत्रहरूद्वारा परिचित गरिएका विशिष्ट  छन्।

उधौली र उभाउली त्यस्तै त्यस्तै चाडहरू हुन् जसलाई किरातिसहरूले परिचित गराउदै आए । किरातको पवित्र पुस्तक मुन्धुमले उल्लेख गरेको छ कि एक बर्षमा दुई स्टेपहरु छन् जुन एक उभौली र उधौली हुन्। उधौली शब्द उहडो  औली भन्ने शब्दको संयोजन हो जसको अर्थ उधौली वा तल हो।

जबकि उभौली माथी द्वारा बनेको शब्द हो जसकोअर्थ माथिको भन्ने अर्थ छ। उधौली र उभौली चाडहरू वर्षको दुई फरक मौसममा ९गर्मी र जाडो० मा मनाइन्छ। जबकि उधौली चाड मंगसीर ९नोभेम्बर र डिसेम्बर० मा मनाइन्छ । उभौली चाडलाई बैशाख ९अप्रिल(मे० मा मनाउने गरिन्छ। किरातीहरू पूर्वी पहाडी क्षेत्रहरु भोजपुर, खोटाबलन, धरान र धनकुटाका बासिन्दा हुन् ।किरातहरु प्रकृतिका उपासक हुन् ।

कृषि यस समुदायको जीवन रेखा हो ।
यस चाड मनाउन भोज आयोजना गर्छन् । यो अवसरमा साकेला नृत्य प्रस्तुत गरिएको छ। यसैले यस पर्वलाई साकेला उधौली पनि भनिन्छ। मंगसिर पूर्णिमा ९आठ महिनाको पूर्णिमाको दिन० विशेष दिन जब साकेला उधौली चिह्नित हुन्छ। किराटहरू पहाडी क्षेत्रका बासिन्दा भएकाले जाडो मौसममा गम्भीर चिसोबाट आफूलाई जोगाउन तिनीहरू तल सर्न थाले। तलतिर सर्ने बानीलाई उधौली भनिन्छ।

त्यस्तै उभौली चाड बैशाखको पूर्णिमाको दिन आउँछ। चाडपर्व खेती कभबकयलतुको शुरुआत र गर्मी को आगमन को संकेत गर्छ। उभौलीको उत्सव संगै माथि सर्न सुरु हुन्छ।

यसको बावजूद किरातीहरू आफ्नो परम्पराको समर्थन गर्दै उधौली र उर्भाैलीलाई उनीहरूको चाडको रूपमा मनाउँदै छन ।  किरातीहरुले मंसिर शुक्ल पुर्णिमामा उधौली साकेला मनाउने गर्दछन् भने बैशाख शुक्ल पुर्णिमामा उभौली साकेला मनाउने गर्दछन् ।
किरातीहरु इतिहास कालखण्ड बाटै प्रकृतिको पुजा आजा गर्छन ।
को हुन किरातका पुर्खा ?
किराती आदिम पुर्खा सुम्निमा, पारुहाङ हुन् भने सुम्निमा नाकराजको छोरी हुन् भने पारुहाङ किराँतेश्वर राजाका छोरा हुन्  उनीहरुले नै खेतीपाती लगाएर मानवसमाजको विस्तार भएको थियो भन्ने भनाइ छ । हरेक बर्षको उधौली तथा उभौली साकेला पुज्ने गरिन्छ ।
उधौली कसरि मनाइन्छ ?
चोखो ठाउँको रुखको मुनि वरिपरि पर्खाल लगाएर बनाएको भुमे स्थलमा साकेला मनाउने गर्दछन् । साकेला गर्दा किराती मुन्दुमी कुल कुबि (नक्छो) र जेष्ठ नागरिक पुर्खा र चार ढोले (सिल्लिपा) चार मसुने ९सिल्लिमा० हुनुपर्ने हुन्छ । कुल मुन्दुमी नक्छोले आफ्नो घरको कुललाई देवी–देवतालाई मुन्दुम बखानलाई घरको तीन चुलालाई बल माग्ने गरिन्छ ।

साकेला गर्दा चोखो अदुवा, चामल, धुप, सुगुर, कुखुराको भाले, एक आन्डा, चिन्डोमा चोखो रक्सी चाहिन्छ । मुन्दुमी नक्छोले लगाउने बस्त्र दाउरा सुलवाल जस्तै बनावटको हुन्छ । खाडीको कपडा, दुम्सीको काँडा र सुनाखरी बाट बनेको सिलातकोमा, पगरी, मयुरको प्वाँख, रुद्राक्ष माला, सर्पको हाडको माला, घन्टी, फुर्के, बिसुर्लिम, सेउली, धनुकाँण, ढोल, झ्याम्टा, फलामबाट बनेको तिर्शुल, तरवार, खुर्पा आदी सामग्री चाहिन्छ ।

उधौली साकेला मनाउनुको अर्थ बालीनाली पाकेको अवसरमा खुशियालि मनाउने पर्व हो जसलाई बालिनाली उठाउने क्रममा हावाहुरी असिना झरी बतास नलागोस विपत्ति नपरोस भनेर हो ।

चरा मुसा भन्ने एउटा कामना आफ्नो पितृ संग गर्दै भुमि माता भन्नाले जमिन लाई ढोग्दै साङ्खेन्वा भुमि पुजा गर्ने चलन छ । बिशेष गरि एउटा माटो मुनि एउटा ढुङ्गाको फेद अथवा रुखको फेद मुनिट साङ्खेन्वा एउटा यस्तो जग्गा हुन्छ त्यसलाई भुमी भनिन्छ । साङ्खेन्वा भन्दा त्यसको आण्डा हुन्छ सेतो ढुङ्गा जसलाई धामीले मुन्दुम मन्तर्दै मुन्दुम ढोले मासुमेहरु ग्रुपमा गएर नाच्दै नाच्दै अन्तिममा त्यहाँ पुजा गर्छ र पुजा गर्दै गर्दा खेरि त्यो ढुङ्गा लाई हेर्ने गर्छन ।

जमिन मुनि कति गयो र जमिन माथी कति गएको छ वा बिच तहमा छ कि छैन भनि हेर्ने गर्दछन। त्यहि क्रममा प्रकृति लाई संरक्षण गर्न सधै वातावरण राम्रो दिइयोस्,बालिनाली चराचुरुङ्गी,मुसा,ढुङ्गा विभिन्न किसिमका हावाहुरी असिना बतास नलागोस,राम्रो होस् भनेर त्यसको फाइदाको लागी मनाइने चाडलाई नै उधौली साकेला भनिन्छ।

साकेला भित्र पनि सिलि नाच्ने गर्छन । विभिन्न सिलिहरु हुन्छ,त्यहाँ मासुमे सिलि कुबि सिलि धेरै किसिमको सिल्लीहरु हुन्छन् त्यसलाई हेरि बिशेष गरि चराको नक्कल कहिले मुसाको नक्कल गरि नाच्ने गर्छन । धान उठाउने धान काटने विभिन्न किसिमका यो उधौलीको बेला नाच्ने एउटा साकेला सिलि एउटा नृत्य जस्तो देखिन्छ ,त्यसैलाई सिलि भन्ने गरिन्छ ।

यहाँ भित्र पनि कस्ता कस्ता किसिमका भुमि भुमिहरु छ्न वा भुमी देउताहरु अथवा धामीहरु  (नक्छो) भन्ने छ । नक्छो भन्नु , कुबि भन्नु साथै नखिपोट भन्नू साथै त्यहाँ भित्र धामीहरुको फरक फरक बिधाहरु हुन्छ ।

मुन्दुमको हिसाब बुझ्दा मुन्दुम बाट खेल्ने नखिपोट ,धामी वा साकेला कुबि भन्ने साथ उनिहरुले आफ्नो मुन्दुम बाट पितृ पुजा गर्ने अथवा भिले मान्ने गर्ने हुन्छ,त्यहाँ भित्र पनि कति  घामीहरुले चाहिँ सोह्र वटा ढोलेको धुन सोह्र वटा झ्याम्टा सोह्र वटा ढुसी सोह्र वटा धिमास्मी हुन्छ भने छोरी मानिसहरुको सोह्र वटा ढोले र उसको एउटा लय यस्तो किसिमको एउटा ग्रुप हुन्छ ,यस्तो किसिमको कुबि हुन्छ।

यो चाहिँ शुरूवात गर्दा हरेक राईहरु दाजुभाइको घर बाट पान्छेक दाजुभाइ हुन्छ,त्यही पान्छेक दाजुभाइ नाच्दै नाच्दै शुरमा धामीको घरमा नाच्छ त्यसपछि पान्चेक दाजुभाइको घरमा नाच्दै नाच्दै गइ सके पछि फेरि अन्तिममा धामीको घरमा फर्किने चलन छ।त्यसको प्रचालनको चाड लाई साकेला सिलि उधौली भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर