सशस्त्र प्रहरी बल पुर्वाञ्चल र रोयल फुटबल क्लब वीच फाईनल खेल हुने ; – Satabdi News

सशस्त्र प्रहरी बल पुर्वाञ्चल र रोयल फुटबल क्लब वीच फाईनल खेल हुने ;

२३ मङ्सिर, केराबारी । केराबारी–९ कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६” को फाइनलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चल ( एपियफ ) र रोयल फुटबल क्लब दमक झापा फाईनलमा प्रवेश गरेको छ ।

मङ्गलबार भएको पहिलो र अन्तिम सेमिफाइनलमा एपियफ र रोयल, फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको हो । दुई सेमिफाइनल खेल मङ्गलबार नै सम्पन्न भएको हो ।

पहिलो सेमिफाइनल खेल एपियफ र बेलबारी फुटबल क्लब बिच भएको थियो । पहिलो हाफको २० मिनेटमा एपियफका खेलाडी कृष्ण थापाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ८ मिनेटमा बेलबारीका खेलाडी भुषन सुब्बाले गोल गरेका थिए ।

खेल बराबरीमा सकिएपछि पछि ट्राइब्रेक्ररमा ४–२ गोलको अन्तरले एपियफले बेलबारीलाई हराएको छ ।
एपियफका खेलाडी योगेश दुर्गा मगर, सविन थापा, युवराज श्रेष्ठ र आकाश राईले गोल गरेका थिए भनेबेलबारीको तर्फबाट विक्रम लिम्बु र भुषन सुब्बाले मात्र गोल गरेका थिए ।

दोसो्  सेमिफाइनल खेल डाँगीहाट युथ क्लब बेलबारी र रोयल फुटबल क्लब दमक बिच भएको थियो । पहिलो हाफको १० मिनेट र २० मिनेटमा डाँगीहाटका खेलाडी सुजन बस्नेतले दुवै गोल गरेका थिए । दोस्रो हाफमा सञ्जीव बुढाथोकीले र आशिष् चौधरीले गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए । खेल बराबरीमा टुङ्गिए पछि ट्राइब्रेक्ररमा ५–४ गोलको अन्तरले रोयल फाइनलमा प्रवेश गरेको हो ।

रोयलको तर्फबाट सागर लिम्बु, सरोज कार्की, रोशन तामाङ, आशिस चौधरी, सञ्जीव बुढाथोकीले गोल गरेका थिए । डाँगीहाटको तर्फबाट नितेस मगर, धिरेन लिम्बु, विकास लिम्बु, अनीश घिमिरेले गोल गरेका थिए ।
प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु ५१ हजार र उपविजेताले रु ३१ हजार प्राप्त गर्ने छन् । फाइनल खेल मङ्सिर २६ गते शुक्रबार हुने क्ललका अध्यक्ष भक्तशेर लिम्बुले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सशस्त्र प्रहरी बल पुर्वाञ्चल र रोयल फुटबल क्लब ..." A few seconds ago

सम्बन्धित खवर