रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेस अम्बानी गुगलका सीईओभन्दा धनी – Satabdi News

रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेस अम्बानी गुगलका सीईओभन्दा धनी

एजेन्सी, काठमाडौँ । भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डस्ट्रिजका मुकेस अम्बानी गुगलका सीईओभन्दा धनी व्यक्ति बनेका छन् । कुल ६० अर्ब अमेरिकी डलर सम्पत्तिसहित अम्बानी फोब्र्सले सार्वजनिक गर्ने द रियल टाइम बिलियनर्स सूचीमा नवौं स्थानमा उक्लिएका हुन् ।

उक्त सूचीमा अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस पहिलो स्थानमा रहेका छन् । फोब्र्सले सार्वजनिक गर्ने रियल टाइम अर्बपति सूचीले विश्वका धनी व्यक्तिहरूको सम्पत्तिमा आउने दैनिक उतारचढावको हिसाब गर्दछ । जसअनुसार, गत बिहीबार रिलायन्स कम्पनीको शेयरमा उछाल आएसँगै अम्बानी विश्वका टपटेन धनाढ्यको सूचीमा भित्रिन सफल भएका हुन् । दोस्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् । उनको सम्पत्ति १ खर्ब ७ अर्ब ४० करोड डलर रहेको छ ।

त्यस्तै LVMH Moet Hennessy Louis Vuitton कम्पनीका प्रमुख तथा सीईओ बर्नार्ड आर्नोउल्ट १ खर्ब ७ अर्ब २० करोड डलरसहित तेस्राे स्थानमा छन् । त्यस्तै, वारेन बफेट ८६ अर्ब ९० करोड डलरसहित चौथो स्थानमा छन् भने फेसबुक सीईओ मार्क जुकरबर्ग ७४ अर्ब ९० करोड डलर सहित पाँचौ स्थानमा रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेस अम्बानी गुग..." A few seconds ago

सम्बन्धित खवर