प्रथम सुन्दरहरैचा मेयर कप फुटसल प्रतियोगिता हुने – Satabdi News

प्रथम सुन्दरहरैचा मेयर कप फुटसल प्रतियोगिता हुने

सुन्दरहरैचा  ।  मोरङको सुन्दरहरैचा नगरपालिकामा प्रथम सुन्दरहरैचा मेयर कप वडा स्तरिय फुटसल प्रतियोगिता २०७६ हुने भएको छ ।

सुन्दरहरैचा १० विराटचौकमा रहेको प्लानेट रिक्रीएसन सेन्टरद्वारा सञ्चालित प्लानेट फुटसलको आयोजना तथा सुन्दरहरैचा नगरपालिकाको मुख्य प्रवर्द्धनमा हुन लागेको उक्त फुटसल प्रतियोगिता कार्तिक २१ गते देखि शुरु हुने आयोजकले बताएको छ ।

 

फुटसल खेलको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको प्लानेट फुटसलले फुटसल खेलको थप विकास र लोकप्रियता बढाउन उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ । साथै सुन्दरहरैचा नगर भित्र रेहेका फुटसल खेलाडिहरुको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटसल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको आयोजकले बताइएको छ ।

आयोजकले खेल अवधी भर आफ्नो वडाको समर्थन गर्दै खेलाडीहरुको मनोबल उच्च पार्न सम्पुर्ण नगरवासीहरुलाई खेल अवलोकनको लागि उपस्थिती भईदिन समेत अनुरोध गरेको छ ।

उक्त प्रतियोगितामा सुन्दरहरैचा नगरपालिकाको बाह्र वटै वडाले प्रतिस्पर्धा गर्ने आयोजकल बताएको छ भने उक्त खेल लिग कम नकआउटको आधारमा हुने छ ।

लिग खेलमा जम्मा चार वटा समूह रहनेछन भने प्रत्येक समुहमा तीन टिम ( वडा ) हुने छ । समुहको प्रत्येक टिमले एक आपसमा प्रतिस्पर्धा गर्ने छन । हरेक समुहबाट विजेता र उपविजेताले नकआउट चरण ( सुपर एट ) प्रवेश गर्नेछन ।

खेलमा पहिलो , दोस्रो र तेस्रो हुनेलाई नगद , ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । खेलको अन्तिम दिन फाइनल खेल, तेस्रो स्थानका लागि साथै सुन्दरहरैचाका सामाजिक संघ सस्थाहरु बिच मैत्रीपुर्ण खेलहरु समेत हुने आयोजना हुने आयोजक प्लानेट फुटसलका सञ्चालक समीर बस्नेतले बताए ।

उक्त प्रतियोगिता कार्तिक २१ गते देखि शुरु भई फाइनल खेल कार्तिक २३ गते हुने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रथम सुन्दरहरैचा मेयर कप फुटसल प्रतियोगिता हुने" A few seconds ago

सम्बन्धित खवर