आगामी वैशाखमा प्रदेश नं १ ले लगानी सम्मेलन गर्ने – Satabdi News

आगामी वैशाखमा प्रदेश नं १ ले लगानी सम्मेलन गर्ने

काठमाडौँ । प्रदेश नं १ सरकारले आगामी २०७७ वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । विराटनगरमा बुधवार भएको सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको पहिलो बैठकले प्रदेश सरकारलाई वैशाखमा लगानी सम्मेलन गर्न सिफारिस गरेको हो ।

प्रदेश सभाबाट केही महिना अगाडी सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण एेन जारी भएको थियो । प्रदेश १ मा तमोर मेवा हाइड्रोपावर सगरमाथा केबलकार(चौरीखर्क–नाम्चे–दुधकुण्ड), भूमिगत तार व्यवस्थापन (विद्युत् इ–सञ्चार, इन्टरनेट), प्रत्येक जिल्लामा एक औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, इटहरी विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वृहत् विराटक्षेत्र, रिङ रोड अर्ग्यानिक मल कारखाना, औद्योगिक पार्क, अमरडुवा, सुनसरी कञ्चनजङ्घा–सगरमाथा हिमाली पदमार्ग ,मुन्धुम पदमार्ग किराँत समुदायको ऐतिहासिक बसोबास रहेका भोजपुरी–सङ्खुवासभा क्षेत्र, केचना-सगरमाथा फास्ट ट्रयाक हिमालयन ट्रंकलाईन खानेपानी आयोजना हिमाली क्षेत्रबाट पानी सङ्कलन गरी ट्रंकलाईन मार्फत विदेशमा समेत पिउने पानी निर्यात गर्ने धरान मुलघाट सुरुङ मार्ग पथरी महासंग्राहालय, मोरङ जस्ता परियोजनाहरूमा लगानीकर्ताहरूले लगानी गर्न इच्छा देखाएका छन् ।

बैठकमा मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला मन्त्री इन्द्र आंगबो, उद्योग वन तथा वातावरण मन्त्री जगदीश कुशियैत, योजना आयोगका उपाध्यक्ष सुबोध, प्याकुरेल, प्रमुख सचिव, सुरेश अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक दामोदर रेग्मीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आगामी वैशाखमा प्रदेश नं १ ले लगानी सम्मेलन गर्ने" A few seconds ago

सम्बन्धित खवर