आत्मानन्द गोल्डकपकाे १२औं संस्करणमा दार्जिलिङकाे विजयी सुरुवात – Satabdi News

आत्मानन्द गोल्डकपकाे १२औं संस्करणमा दार्जिलिङकाे विजयी सुरुवात

११ मसिर,  इलाम । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सवको अवसरमा मंसिर ११ देखि सुरू आत्मानन्द गोल्डकपमा पाहुना टाेली मानेभञ्जयाङ स्पोर्टीङ क्लब दार्जिलिङले विजयी सुरूवात गरेको छ । माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिसँग भएकाे पहिलाे खेलमा सडेनदेथमा दार्जिलिङ खेलकाे दाेसरो चरणमा प्रवेश गरेको हो ।

माङसेबुङ खेलकुदविकास समिति इलामलाई विरुद्ध सडन डेथमा पराजितगर्दै दार्जिलिङअघिल्लो चरणमाप्रवेश गरेको हो । निर्धारित समयको खेल र टाइब्रेकरमा समेत दुवै टिमबाट बराबरी भएपछि सडन डेथकाआधारमा विजेता निर्धारण गरिएको थियो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएको थियो । टाईब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनु परेको थियो ।

पहिलो हाफमाआत्मघाती गोलको उपहार पाउँदै अग्रतालिएको दार्जिलिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेका कारण जिताका लागि सडेन डेथसम्म पर्खनु परेको थियो । पहिलो हाफको ३३ औं मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघातीगोल गरेपछि दार्जिलिङले अग्रतादिएको थियो । दोश्रो हाफमा खेलको ३७औं मिनेटमामाङसेबुङकामन्दिप राईले गोल गरी खेल बराबरमिाल्याए । ४० औं मिनेटमा दार्जिलिङका याङचुङ शेर्पाले गोल गरी अग्रता दिलाए । ४२ औं मिनेटमा पुन माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन ।

प्रतियोगिता अन्तरगत विहीबार भाङबारी स्पोर्टिङ क्लबझापा र इलाम नगर खेलकुद प्रतिष्ठानबीच प्रतिष्पर्धा हुनेछ । किरातधर्मगुरु आत्मानन्द लिङदेनको ६६औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँर उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्टगोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्टडिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्टमिड फिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनिनगद पुरस्कारप्रदानगरिनेछ ।
प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरातधर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरणगरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चातयक्चुमको आयोजनामा हुने उक्तप्रतियोगिता सम्पन्नगर्न करिब १७ लाख रुपैयाँखर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्दकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आत्मानन्द गोल्डकपकाे १२औं संस्करणमा दार्जिलिङका..." A few seconds ago

सम्बन्धित खवर