मोरङको धनपाल गाउँपालिकामा समाजवादी र काङ्ग्रेसबीच तालमेल – Satabdi News

मोरङको धनपाल गाउँपालिकामा समाजवादी र काङ्ग्रेसबीच तालमेल

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ मा हुन लागेको उप–निर्वाचनका लागि नेपाली कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गरि मंसिर १४ गते हुन लागेको उक्त क्षेत्रको उप–निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीबीच सहकार्यको घोषणा गरिएको हो ।

दुई तिहाइको कम्युनिष्ट सत्ताको दम्भ तोड्न लोकतन्त्रवादी शक्ति हुनुपर्ने आवश्यकता रहेकाले दुवै पार्टी एक भएर निर्वाचनमा जान लागेको कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले बताए ।

कार्यक्रममा समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले विगतमा भएका कमीकमजोरी सच्याउदै दुवै दल इमान्दारिताका साथ एक भएर निर्वाचनमा प्रस्तुत हुने दाबी गरे । यसपटक समाजवादीले कांग्रेसलाई र अर्को निर्वाचनमा कांग्रेसले समाजवादीलाई सहयोग गर्ने दुवै दलबीच सहमति भएको बारे यादवले जानकारी दिएका हुन् ।

नेकपाले सो क्षेत्रबाट पंकज मण्डललाई उम्मेद्वार बनाउने निर्णय गरे सँगै समाजवादीको सहकार्यमा धनपालथान– २ मा कांग्रेसका नेता नारायण साहलाई अध्यक्षको उम्मेदवार बनाइएको हो । दुवै अध्यक्षका प्रत्यासीले बुधबार नै उम्मेदवारी दर्ता गराएका हुन् ।

वडाध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएपछि रिक्त रहेको उक्त पदका लागि आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएको छ । दुईवटा मतदान स्थल रहेको धनपालथान–२ मा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङको धनपाल गाउँपालिकामा समाजवादी र काङ्ग्रेसब..." A few seconds ago

सम्बन्धित खवर