धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश – Satabdi News

धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश

बेलबारी । सुनसरीको धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
सिराहा फुटबल क्लब गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेम्जोङ र प्रकाश बुढाथोकीले ३२, ४८ र इन्जुरी समयमा गोल गरेका थिए । सिराहाका ईसान राईले ५० औ मिनेटमा एक गोल गरे । इन्जुरी समयमा गोल गरेका धरानका प्रकाश बुढाथोकी खेलको म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरे । मंगलबार ब्वाइज युनियन काठमाण्डौ र डाँगीहाट फुटबल क्लब निलो बिच प्रतिष्पर्धा हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिए । यस अघि आइतबार भएको उद्घाटन खेलमा काँकडभित्ता ट्रेनिङ सेन्टरललाई पाखा लगाउदै चर्च ब्वाइज क्लब काठमाण्डौले अन्तिम चारमा स्थान बनाइसकेको छ । गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरि जम्मा ८ टिमले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनल प्..." A few seconds ago

सम्बन्धित खवर