मेरो जरा भनेको हिन्दू सनातन हो
भीम उपाध्याय म धार्मिक मानिस नै होईन, म पुजापाठ गर्ने कर्मकाण्डीय घर परिवारमा हुर्केको हैन। मैले संस्कृत पढिनँ, २०२७ सालमा नयॉ शिक्षा लागू भएपछि संस्कृत विषय ऐच्छिक बन्यो। संस्कृतको ठाउँमा मैले गणित पढेँ, किनकि म ईन्जिनियर बन्न चाहन्थेँ। र छात्रबृति पाएर विदेशमा पढ्न गएँ । ईन्जिनियर बनेर स्वदेश फर्के ।

