युवीर चेम्जोङ (फरक आयाम)
मेरो कुराले हजुर पिरमा होला
म त भिरमा छु
माथि जाउँ चड्न सक्दिन
तल झरुँ
लडि मरुँला?
….
जसरि रात..रात बन्छ अँध्यारोको घुम्टोले,
दिन..दिन बन्छ उज्यालोको अाकासले
उसैगरि जिवन..जिवन बन्छ
उत्सवहरुको ईन्द्रेणिले
कति युगौं देखि पुरानो
सङगितको एउटा लत छ मलाई-
च्याङ.. धुम..च्याङ…
च्याङ..धुम.. च्याङ…
जो विना बन्दैन चाड..चाड जस्तो
बन्दैन पर्व..पर्व जस्तो
बन्दै बन्दैन उत्सव..उत्सव जस्तो
उत्सव बिनाको जिवन
सुशेलि बिनाको नदि जस्तै हो,
चञ्चल नृत्य बिनाको झरना जस्तै हो,
चराहरुको संगित बिनाको जङगल जस्तै हो।
….
म एस्तो मरुभुमि बनुँ
जहाँ कुनै हरियो बन्ने सपना नहोस,
म एस्तो खडेरि बनुँ
जहाँ हरेक पालुवाहरु
पात नहुदै पहेंलो बनुन-
सायद…
हजुरको चाहाना एस्तै हुनुपर्छ
या त
हजुरको चेतनाको अायतनले अरुणको साँगु
तर्नै सक्दैन,
या त
हजुरलाई विचारको अर्को नदि बग्नै अाउदैन
जरुर एस्तैे केहि त हुनुपर्छ
हैन भने किन छेक्थ्यो?
एक सुन्दर गाउँलाई
कुहिरोले छेकेझैँ
कानुनकै पहाडले
एउटा आदिम सङ्गीतलाई ।