९ बुँदे घाेषणापत्र जारी गर्दै धिमाल जातीय विकास केन्द्रकाे महाधिवेशन सम्पन्न, अध्यक्षमा लाेकबहादुर धिमाल

दमक । धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । मोरङको उर्लावारी-३, मंगलवारेस्थित धिमाल परियाेजनामा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । आज दमक स्थित लक्ष्मीबेराङ बचत तथा ऋण सहकारी संस्थाकाे सभा हलमा पत्रकार

काठमाडौंको टोखामा श्रीमानको हत्या पछि श्रीमतीले गरिन् आत्महत्या

२५ पुस, काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही

देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा अमर राई निर्वाचित

२४ पुस, केराबारी । श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूह केराबारीको अध्यक्षमा अमर राई निर्वाचित भएका छन् । शुक्रबार भएको श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन । प्रतिद्वन्द्वी हरि विष्टलाई राईले ८५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । राईले १८६ मत

बलात्कार गर्न खोजेको आरोपमा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी प्रकाउ

२२ पुस, बेलबारी । मोरङको बेलबारीबाट १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलबारीका मिटर रिडरलाई पक्राउ परेका छन् । मिटर रिडिङ गर्न जाने क्रममा घरमा भएकी एक बालिकालाई जबरजस्ती करणीको गर्न प्रयास गरेको पाइएपछि रिजाललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ॠषिराज

किरातीहरुले मनाए उधौली पर्व

१५ पुस, बेलबारी । मोरङको बेलबारीमा आज राई र लिम्बुहरूले २०७७ सालको उँधौली पर्व उत्साहका साथ मनाएका छन् । राईहरूले किरात राई यायोक्खा बेलबारी वडा नं। ३ स्थित धार्मिक बनमा उँधौली पर्व मनाएका हुन भने लिम्बुहरूको जातीय संस्था किराँत याक्थुम चुम्लुङ, बेलबारीको आयोजनामा चासोक तङनामको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको

एकैपटक ७ वटा वडाकार्यलय बनाउँदै बेलबारी नगरपालिका

१५ पुष । बेलबारी नगरपालिकाले एकै पटक सात वटा वडामा वडा कार्यलयहरु निर्माण गर्ने भएको छ।नगरपालिकाको आफ्नै वडा कार्यलयहरु नहुँदा भाडामा काम चलाउनुपर्ने भएकोले आर्थिक व्ययभार सँगसँगै दैनिक सेवा प्रवाहमा समेत असजिलो भएकोले आफ्नै कार्यलय बनाउन लागिएको नगरपालिकाको कार्यलयले बताएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरि वडा नं ६ को

नगरपालिकाद्वारा १२ सहयोगापेक्षीको उद्दार

११ पुष । बेलबारी नगरपालिकाले नगरभित्रका १२ जना बेसहारा,अशक्त,अनाथ,सडक मानवहरुको उद्दार गरेको छ। नगरपालिका क्षेत्रभित्र नाङ्गो आकाश ओडेर चिसो भुँईमा भोकभोकै जीवन गुजारिरहेका सहयोगापेक्षीको मानवसेवा आश्रम विराटनगरको संरक्षणमा रहनेगरि उद्धार गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्। उपप्रमुखको अगुवाइमा नगर क्षेत्रभित्रको सडक र गाउँमा रहेका तीन महिला दुई बालबालिका सहित १२

धिमाल परिवारलाई आर्थिक सहयोग

उर्लाबारी । उर्लाबारी २, भुसीका आर्थिक रुपमा विपन्न मुटु राेगी फागुनी धिमालकाे उपचारका लागि बेलायतमा कार्यरत नेपालीहरुले आर्थिक सहयाेग गरेकाे छ । बिहिबार बेलायतमा कार्यरत नेपाली समाजसेवीहरु लोकेन्द्र तबेबुङ, दिलसिङ मेन्याङ्बो, नरेन्द्र माबोहाङ र यूमा लिम्बुको पहलमा संकलित ३० हजार रुपैयाँ रकम पिडित परिवारलाई सहयाेग गरेकाे हाे । मान माबोहाङ,

जनकपुरधाममा भगवान सीता–राम विवाह महोत्सव–२०७७ मनाईदै

जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम

युके निवासी सामाजिक अभियन्ताद्वारा राईलाई सहयाेग

लेटाङ । माेरङकाे लेटाङ ६ स्थित गुवाबारीका ईन्द्रकुमारी राईकाे उपचारका लागि युके निवासी सामाजिक अभियन्ताहरुले सहयाेग गरेकाे छ । शुक्रबार पित्तथैलीमा समस्या भएका बिरामी राईकाे घरमा पुगि सहयाेग प्रदान गरेकाे हाे । युके निवासी सामाजिक अभियन्ताहरु दिलसिङ मेन्याङ्बाे, लाेकेन्द्र तबेवुङ, युमा लिम्बू, नरेन्द्र माबोहाङ लगायत अभियन्ताहरुकाे संयाेजनमा संकलित रकम हस्तान्तरण