धिमाल परिवारलाई आर्थिक सहयोग – Satabdi News

धिमाल परिवारलाई आर्थिक सहयोग

उर्लाबारी । उर्लाबारी २, भुसीका आर्थिक रुपमा विपन्न मुटु राेगी फागुनी धिमालकाे उपचारका लागि बेलायतमा कार्यरत नेपालीहरुले आर्थिक सहयाेग गरेकाे छ ।

बिहिबार बेलायतमा कार्यरत नेपाली समाजसेवीहरु लोकेन्द्र तबेबुङ, दिलसिङ मेन्याङ्बो, नरेन्द्र माबोहाङ र यूमा लिम्बुको पहलमा संकलित ३० हजार रुपैयाँ रकम पिडित परिवारलाई सहयाेग गरेकाे हाे । मान माबोहाङ, शैलेन्द्र नाल्बो, जय मादेम्बा, रूद्र चेम्जोङ, कमल अन्छङबो, श्रीप्रसाद साम्यु, मान माबोहाङ, जय मादेन, राम चेमजोङ, कुमारी लावती आङ्बो लगायतबाट पिडितलाई प्रदान गर्न आर्थिक सहयोग संकलन भएकाे समाजसेवी दिलसिङ मेन्याङ्बाेले जानकारी दिनुभयाे । साे रकम पिडित परिवारलाई जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले प्रदान गर्नुभयाे । सहयाेग हस्तान्तरण कार्यक्रममा जनता समाजवादी पार्टिका उर्लाबारी नगर अध्यक्ष मातृका धिमाल, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य अजितकुमार धिमाल, माेहनकुमार धिमाल, उर्लाबारी नगर समितिका सदस्य जेनितहाङ लिबाङलगायतकाे उपस्थिति रहेकाे थियाे । राेगले थलिएका श्रीमान/श्रीमती मध्ये श्रीमान सर्वजित धिमालकाे बुधबार मात्रै मृत्यु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल परिवारलाई आर्थिक सहयोग" A few seconds ago

सम्बन्धित खवर