
बलियो लाइनअपको ‘चित्रा’ ट्रेलरमा यस्तो देखियो
१९ पुस, काठमाडौ । 'चित्रा'को ट्रेलर सार्वजनिक भएको छ। यूट्यूबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ। खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले 'चित्रा'लाई एउटा आशावादी सिनेमा मान्न सकिन्छ। फिल्ममा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ।