ओली–नेपाल एकतातिर : नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा – Satabdi News

ओली–नेपाल एकतातिर : नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

३० वैशाख २०७८, बिहीबार । नेकपा एमालेको संस्थापन पक्षको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए । ‘उहाँहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय भएको छ, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अहिलेको अवस्थामा पार्टी एकता कामय राख्न लचकतासहित प्रस्तुत हुनु भएकाले एकताबद्ध एमाले बनाउन नयाँ आधार खडा भएको छ’ बैठकपछि ज्ञवालीले बताए  ।

बैठक चलिरहेकै बीचमा ओली–नेपालबीच टेलिफोन वार्तासमेत भएको जानकारी दिँदै ज्ञवालीले उनीहरुबीच पार्टीलाई एकताबद्ध बनाउन छिट्टै वार्ता हुन लागिरहेको संकेतसमेत गरे । बैठकले राष्ट्रिय राजनीतिक परिस्थितिलाई मूल्यांकन गर्दै पार्टी एकतासम्बन्धि सबै निर्णय गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गरेको छ ।

एकताको वातावरण बनाउन संस्थापन पक्षका उपमहासचिव विष्णु पौडेल, प्रवक्ता ज्ञवाली, गोकूल बाँस्कोटालगायतका नेताहरु हिजो रातीदेखि नै सकृय थिए । आज बिहान पौडेलले नेपालसँग कोटेश्वरस्थित निवासमै पुगेर अलग्गै छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओली–नेपाल एकतातिर : नेपालसहित चार नेतामाथिको का..." A few seconds ago

सम्बन्धित खवर