गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा – Satabdi News

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

२६ वैशाख २०७८, आइतबार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । 

प्रदेश सभामा सोमबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने तालिका रहेका वेला मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा" A few seconds ago

सम्बन्धित खवर