अमेरिकी डीभी चिठ्ठाको नतिजा सार्बजनिक – Satabdi News

अमेरिकी डीभी चिठ्ठाको नतिजा सार्बजनिक

बैशाख २६, काठमाडौ ।  अमेरिकी सरकारले प्रदान गरेको डीभी चिट्ठाकाे नतिजा गएराती सार्वजनिक भएको छ ।

सन् २०२२ को लागि आवदेन दिएकाहरुकाे नतिजा सार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी साइटमा नै उपलब्ध छ ।

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनौट भएको भन्ने बेहोराको इमेल नपठाउने भएकाले कसैले त्यस्तो इमेल पठाएमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकी डीभी चिठ्ठाको नतिजा सार्बजनिक" A few seconds ago

सम्बन्धित खवर