तेस्रो बेलबारी आइडलको उत्कृष्ट १० फाइनलिस्ट छनोट सम्पन्न – Satabdi News

तेस्रो बेलबारी आइडलको उत्कृष्ट १० फाइनलिस्ट छनोट सम्पन्न

संयोजक जे.वि थुलुङ

२५ वैशाख २०७८, शनिबार।  स्रष्टा समाज, बेलबारीको आयोजनामा जारी तेस्रो बेलबारी आइडलकाको फाइनलमा ४३ जना प्रतियोगीबाट उत्कृष्ट १० फाइनलिस्ट छनोट भएका छन् । बेलबारी ३ स्थित सृजना घरमा शुक्रवार भएको सेमिफाइनलमा वडा नं. १ का राजेश राई, वडा नं. २ का झरना कालिकोटे, अस्मिता वि.क, चन्द्रकला तिम्सिना, कविता लिम्बु, वडा नं. ३ का मनिष भुसाल, पदमा उप्रेती, वडा नं. ४ का विशाल मगर, अर्पण सिवा, वडा ५ का कर्ण गिरी छनोट भएको जानकारी स्रष्टा समाज का सचिव तथा आइडलका कार्यक्रमका संयोजक जे.वि थुलुङले सताब्दी न्युजलाई दिएका छन् ।

तेस्रो बेलबारी आइडलको विजेताले नगद पुरस्कार रु.३० हजार, ट्रफि, प्रमाणपत्र, एक गीत रेकर्डिङ र ३ महिना निःशुल्क सङ्गीत प्रशिक्षण प्राप्त गर्ने आयोजकले जनाएका छन् । उपविजेताले भने रु.१५ हजार नगर पुरस्कार, ट्रफि, प्रमाणपत्र र ३ महिना निःशुल्क सङ्गीत प्रशिक्षण प्राप्त गर्ने छ । पहिलो बेलबारी आइडल विवेश मोते र दोस्रो नवीन कोइराला भएका थिए ।

फाइनलिस्टलाई कोरोनाको  असहज परिस्थिति अनुकूल हुनसाथ सङ्गीत प्रशिक्षण क्याम्प सञ्चालन गरी फाइनल कार्यक्रमको आयोजना गर्ने आइडल कार्यक्रमका संयोजक जे.वि थुलुङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तेस्रो बेलबारी आइडलको उत्कृष्ट १० फाइनलिस्ट छनो..." A few seconds ago

सम्बन्धित खवर