एकैदिन ८६ सय ५९ जना कोरोना संक्रमित थप हुँदा ५८ को मृत्यु – Satabdi News

एकैदिन ८६ सय ५९ जना कोरोना संक्रमित थप हुँदा ५८ को मृत्यु

बैशाख२२, काठमाडौं । नेपालमा थप ८६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बुधबार २० हजार ७६५ जनाको पिसिआर र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ६०५ जनाको पिसिआर पोजेटिभ र ५४ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३८ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २८ सय ४९, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन हालसम्मकै धेरै ५८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १९ सय ९३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एकैदिन ८६ सय ५९ जना कोरोना संक्रमित थप हुँदा ५८..." A few seconds ago

सम्बन्धित खवर