मनाङ्गे आफैंले खोले पोल ! – Satabdi News

मनाङ्गे आफैंले खोले पोल !

१६ पोखरा, वैशाख । मन्त्रीको सपथ लिएपछि मनाङ्गेले बुधबार प्रदेशसभामा अनुपस्थित हुनुको राज खुलाएका छन् । मनाङ्गेेको भोट नपाउने सम्भावना भएपछि मुख्यमन्त्री गुरुङले उनलाई आफ्नो पक्षमा भोट नहाल्ने भए अरुलाई पनि नदिन सुझाए । गुरुङसँग कुरा भएको स्वीकार गर्दै उनले भने, कम्प्रइमाज भयो, आउनै पर्दैन भन्ने भयो ।’

स्वतन्त्र सांसदका रुपमा निर्वाचित हुन पृथ्वीसुब्बा गुरुङले आफूलाई गुन लगाएकाले आफूले पनि सहयोग गरेको उनले बताए । त्यसरी सहयोग गरेपछि शुक्रबार विहान मुख्यमन्त्रीले मन्त्री बन्न प्रस्ताव गरेको मनाङ्गे आफैंले बताए ।

एमाले नेताहरुका अनुसार बुधबार सरकार जोगाउन मदत गरेको गुन तिरेको त हो नै, भोलिका दिनमा पनि सुरक्षित रहने प्रयासमा मनाङ्गेलाई मन्त्री बनाइएको हो ।

अब प्रदेशसभामा मुख्यमन्त्रीको विपक्षमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपा एक भए मात्र बहुमत पुग्छ । कुनै एक सदस्यले मात्र फ्लोर क्रस गर्ने हो भने अविश्वासको प्रस्ताव फेल हुन्छ । मनाङ्गेलाई मन्त्री नबनाउँदा उनले अविश्वासको प्रस्तावमा मत दिनसक्ने र फ्लो क्रसले पनि सरकार नटिक्ने अवस्था आउनसक्ने आंकलन गरेर यो कदम चालिएको नेताहरु बताउँछन् । एमालेका एक सांसदले भने, ‘मनाङेलाई मन्त्री बनाएएपछि मुख्यमन्त्रीको पक्षमा २८ सांसद भए । अब एक जना विपक्षी सांसदले फ्लोर क्रस गरे भने अविश्वासको प्रस्ताव फेल हुन्छ र सरकार जोगिन्छन् ।’

हुन त खिमविक्रमले बिहीबार वक्तव्य जारी गर्दै पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । तर उनले मुख्यमन्त्रीकै पक्षमा मत हाल्ने एमाले सांसदको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मनाङ्गे आफैंले खोले पोल !" A few seconds ago

सम्बन्धित खवर