कर्णालीका फ्लोर क्रस गरेका तीन मन्त्रीको  पुनः शपथग्रहण – Satabdi News

कर्णालीका फ्लोर क्रस गरेका तीन मन्त्रीको  पुनः शपथग्रहण

१५ वैशाख २०७८, बुधबार । फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीनजना मन्त्रीले आज पुनः शपथग्रहण गरेका छन् ।

एमाले सांसदको हैसियतमा शपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढा, भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कोलौनीले दिउँसो एक बजे पुनः शपथ खुवाएका हुन् ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरूलाई सांसद पद खारेज गरेको थियो । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कर्णालीका फ्लोर क्रस गरेका तीन मन्त्रीको  पुनः ..." A few seconds ago

सम्बन्धित खवर