एक सय  २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय : रेशम चौधरीको मुद्दा फिर्ता हुन नसक्ने – Satabdi News

एक सय  २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय : रेशम चौधरीको मुद्दा फिर्ता हुन नसक्ने

१५ वैशाख २०७८, बुधबार । सरकारले जनता समाजवादी पार्टीको मागबमोजिम मधेस आन्दोलनका क्रममा पक्राउ परेका एक सय  २० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले त्यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार नेपाल सरकार वादी भएर चलाइएका १५ प्रकारका मुद्दामा पक्राउ परेका उनीहरूलाई मुद्दा फिर्तासम्बन्धी निर्देशिका २०७७ बमोजिम क्रमशः रिहा गरिनेछ । मुद्दा  फिर्ताको निर्णय गरेर सरकारले मधेस आन्दोलन र मधेसी जनताको भावनाको सम्मान गरेको मन्त्री गुरुङले बताए । तर जसपाले माग गरेबमोजिम रेशम चौधरीको मुद्दा भने फिर्ता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एक सय  २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्..." A few seconds ago

सम्बन्धित खवर