गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण – Satabdi News

गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण

१५ वैशाख, पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राजिब पाहारी प्रभा कोइराला र मनकुमारी गुरुङ मा संक्रमण पुष्टि भएको हो |

नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले बतायो ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको बेला संक्रमणको खबर सार्वजनिक भएको हो । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।

पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण" A few seconds ago

सम्बन्धित खवर