कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने एमालेको निर्णय – Satabdi News

कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने एमालेको निर्णय

१० वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निश्कासन गर्ने निर्णय गरेको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी ४ जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए । पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन ..." A few seconds ago

सम्बन्धित खवर