सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई – Satabdi News

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई

बैशाख ८ बुधबार  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । 

पार्टी कार्यालय कोटेश्वरमा बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादीले राजनीतिक रूपमा समर्थन फिर्ता लिए पनि कानुनी रूपमा भने समर्थन जारी राखेको छ ।

नयाँ सरकार बन्ने आधार तय भएपछि समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन् । प्रचण्डले समर्थन फिर्ता र अविश्वासको प्रस्ताव सँगसँगै हुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्..." A few seconds ago

सम्बन्धित खवर