बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त ः केसी – Satabdi News

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त ः केसी

वैशाख २ – जनता समााजवादि पार्टी नेपालका केन्द्रीय सदस्य राजन केसीले पार्टीले सरकारको नेतृत्व पाउने अबस्था      आएमा त्यसको नेतृत्व उपेन्द्र यादवले गनुपर्ने बताएका छन् ।

जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हन् ।
जसपाले पनि सरकारको नेतृत्व दाबी गरेको र प्रधानमन्त्रीको दाबेदारका रुपमा बाबुराम भट्टराई र महन्थ ठाकुर रहेको हल्ला चलिरहेको छनी भन्ने प्रश्नमा केसीले भने, “बाहिरी हल्लाको पछि लागेर हँदैन, यदि पार्टीले नेतृत्व पाउने अबस्था आएमा पार्टीको बैठकबाट उक्त विषय टुंगो लागी हाल्छ । जहाँसम्म जसपा नेपाल पिछडिएको एवम् विभेदमा पारिएको वर्ग र उत्पीडित जाति समुदायको प्रतिनिधित्व गर्ने पार्टी भएकोले त्यसको लागि सबैभन्दा उपयुक्त पात्र उपेन्द्र यादव नै हुने उनले दाबी गरे । पार्टीले यस बिषयमा उपयुक्त निर्णय गर्छ ।”
संघीयता, समानपातिक समाबेशीता, गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्र नै समाप्त पार्ने खेल चलिरहेको बेला प्राप्त यी उपलब्धीहरुको रक्षार्थ बैकल्पिक सरकारको नेतृत्व उनले नै गनुपर्ने बताए ।
गण्डगी प्रदेश, लुम्बिनी प्रदेशमा सरकार फेरबदल हन लागेको अबस्थामा केन्द्रमा भने बैकल्पिक सरकार गठन हुन नसकिरहेको बेला सरकारको नेतृत्वमा यादवको नाम आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उ..." A few seconds ago

सम्बन्धित खवर