कार्तिक २०, काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक हुँदै गर्दा सेयर बजारमा पनि सुधार आउने क्रम बढेको छ । मत परिमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेनतर्फ केन्द्रित भएको छ । यसअघि पनि उनले चुनाव जित्ने प्रक्षेपण हुँदा सेयर बजार सकारात्मक बनेको थियो ।
तथापि, अन्तिम परिणाम आइसकेको छैन । यसअघि पनि बुधबार डाउ जोन्स इन्डस्ट्रीयल एभरेज ३६७.६३ अंक अर्थात १.३% ले बढेर २७,८४७.६६ विन्दुमा पुगेको छ । डाउ जोन्स बुधबार एक सेसनमा ८०० अंकसम्मले बढेको थियो । तर दिनको अन्तिम प्रहरमा भने उक्त वृद्धि कायम रहन सकेन ।
यस्तै, एस एन्ड पी ५०० पनि २.२% अर्थात ७४.४२ अंकले बढेर ३४४३.४४ विन्दुमा बन्द भएको छ । एस एन्ड पी दिनको सुरुवातमा ३.५% सम्मले बढेको थियो । नास्डाक कम्पोजिट पनि ३.९% ले बढेर बन्द भएको छ । यो कुल ४३०.२१ अंकले बढेर ११,५९०.७८ विन्दुमा बन्द भएको हो ।