कार्तिक १९, बेलबारी । पूर्वसभामुख कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ । नर्भिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेको र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।