असोज १, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-७ हरिनगरमा अस्थायी प्रहरी पोस्टको स्थापना भएको छ । पोस्टको बिहिवार सुदुरपस्चिम प्रदेशका पुर्ब सामाजिक विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रम बीच उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रम बोल्दै सोडारीले पोस्ट स्थापनाले नागरिकले सहजरुपमा सुरक्षाको अनुभुती दिलाउने बताए । उनले बढि जनघनत्वको आधारमा प्रहरीले शान्ती सुरक्षा प्रदान गर्न प्रहरी पोस्टहरुको क्षमता बडाउनु पर्ने बताए । सोडारीले प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न समस्या हुने भन्दै नागरिक सहयोग अनिवार्य हुनुपर्ने औल्याए बताएका छन् । प्रदेशको निर्वाचन क्षेत्र प्रदेशसभा ख अन्तर्गत सांसद अम्मर साउद्ले प्रहरीले नगरपालिका अन्य वडामा समेत पोस्टहरु स्थापना गर्नु पर्ने बताए । कार्यक्रममा नगर प्रमुख ममता चौधरी, कैलाली प्रहरी प्रमुख अनुपम सम्सेर राणा लगायतले शुभकामना मन्तव्य राखेका थिए । नगर उपप्रमुख प्रेमा थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बमले गरेका थिए ।