भाद्र १८, इटहरी । किरात राई विद्यार्थी संघको २२ औं स्थापना दिवसको अबसरमा शुभकामना आदनप्रदान तथा पोष्टर सार्बजनिक कार्यक्रम सुनसरी स्थित फलैचा क्यापे ईटहरीमा सम्पन्न भएको छ ।
‘मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ राष्ट्रिय जनगणनामा किरात राईहरुको जातीय अस्तित्व र एकता बनाउने उद्देश्यले पोस्टर निर्माण गरी सार्वजनिक गरिएको थियो । पोस्टरमा राष्ट्रिय जनगणनामा जातिको महलमा ‘राई’, थरको महलमा ‘आठपहरिया, कुलुङ, कोयु/कोयी, खालिङ, चाम्लिङ, छिलिङ, छिन्ताङ, जेरो, तिलुङ, थुलुङ, दुमी, दुङमाली, देवास, नाछिरिङ, पुमा, बान्तावा, बाहिङ, बुङलावा/नेवाहाङ, बेलहारे, मेवाहाङ, याम्फू, लोहोरुङ, वाम्बुले, साम्पाङ’ र धर्मको महलमा ‘किरात’ लेखाऔ भन्ने नारा लेखिएको छ ।
किराबी संघको अध्यक्ष रामचन्द्र राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका संस्थापक सदस्य भीम राई, पूर्वउपाध्यक्ष देवान राई, किरात राई सुम्निमा संघ इटहरीकी सचिव माया राई, सुभाष राई लगायतले संयुक्त रुपमा पोस्टर सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रम सचिब अशोक राईलेकार्यक्रम संचालन गरेका थिए । संघका अध्यक्ष रामचन्द्र राईले अहिले सार्बजनिक गरेको पोष्टर पाँच हजार प्रती रहेको छ । प्रकाशान गरेको सबै पोष्टरहरु सबै जिल्लाहरुमा सहज वातावरण हुन साथ पठाईदिने नपुगेको जिल्लाहरुमा थप प्रकाशन गरेर भए पनि पठाईदिने कुरा शताब्दी न्युजलाई बताए ।
संघको विभिन्न जिल्ला समितिहरुले कापी कलम वितरण, मास्क, सेनिटाईजर, खाद्यान्न वितरण, सम्मान कार्यक्रम, वृक्षारोपण, अन्तरक्रिया कार्यक्रम साझमा प्रज्वलन दीप कार्यक्रम गरि २२औं स्थापना दिवस मनाएको थिए ।