मातृभाषामा निरन्तर पढाइ गर्न उच्च अदालत विराटनगरको फैसला – Satabdi News

मातृभाषामा निरन्तर पढाइ गर्न उच्च अदालत विराटनगरको फैसला

भाद्र १४, पाचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अब मातृभाषा शिक्षा पठनपाठन कार्य अघि बढ्ने भएको छ । मातृभाषा शिक्षा सञ्चालनका लागि गाउँपालिकाले गरेको शिक्षक नियुक्ती विरुद्ध हालिएको रिट उच्च अदालत बिराटनगरले खारेज गरिदिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका सचिव समेत रहेका फाल्गुनन्द गाउँपालिका–४ का इन्द्रकुमार नेम्वाङले मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध गत वर्ष कात्तिक ७ गते उच्च अदालतमा रिट दायर गरेका थिए । सो पछि उच्च अदालत विराटनगरले मातृभाषा शिक्षाका लागि सुरु गरिएको प्रक्रिया तत्काल अघि नबढाउन गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो । अदालतले दिएको आदेश विरुद्ध आदिवासी जन्य संस्थाका प्रतिनिधि तथा भाषिक अधिकारकर्मीहरुले विरोध गरेका थिए । फाल्गुनन्द गाउँपालिकाले आफू मातहत रहेका ४० वटा सरकारी विद्यालयमा लिम्बू, राई र तामाङ भाषाबाट शिक्षा सञ्चालन गर्ने गरी शिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो । गाउँपालिकाले ४० मध्ये ९ वटा विद्यालयमा त्यस अघि नै मातृभाषाका शिक्षक नियुक्ती गरेको थियो ।

नेम्वाङले रिट दायर गरेपछि बाँकी प्रक्रिया रोकिएकोमा हाल अदालतले नै नेम्वाङको रिट खारेज गरेकाले अब सो प्रक्रिया स्वतः अघि बढ्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मातृभाषामा निरन्तर पढाइ गर्न उच्च अदालत विराटनग..." A few seconds ago

सम्बन्धित खवर