कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १७५ पुग्यौं, आज मात्रै ११ को मृत्यु – Satabdi News

कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १७५ पुग्यौं, आज मात्रै ११ को मृत्यु

भाद्र १०, काठमाडौ । नेपालमा कोरोना भाइरसबाट बुधबार थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७५ जना पुगेको छ । यसअघि मंगलबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १६४ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।

बुधबारमात्रै थप ८८५ जना कोरोनाका बिरामी थपिएका छन् । काठमाडौं उपत्यकामा मात्र ३०० जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २३०, ललितपुरका ४७ र भक्तपुरका २४ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३४ हजार ४१८ जना संक्रमित भएका छन। हालसम्म उपचार गरेर १९ हजार ५०४ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १७५ पुग..." A few seconds ago

सम्बन्धित खवर