भदौ ८, ईटहरी । प्रदेश नं १ को केन्द्रबिन्दुमा रहेकोे विश्वविद्यालय अनुदान आयोग मान्यता प्राप्त जनता बहुमुखी क्याम्पस इटहरी हजारौं हजार विद्यार्थीहरुको उज्वल भबिष्य निर्माण गर्न उच्च शिक्षा हासिल गर्ने एउटा शैक्षिक थलो हो।
क्याम्पसलाई यो अवस्था सम्म ल्याइपुर्याउन विद्यार्थी संघ संगठनहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महत्त्वपूर्ण भुमिका रहदै आएको कुरा सबैमा सर्बविदितै छ। एउटा शैक्षिक संस्थाको प्रमुख पाटो भनेकै विद्यार्थी हो । त्यसैले विद्यार्थीहरुको भावना बिपरित कदम चाल्ने छुट कसैलाइ छैन ।तर यहाँ हजारौं विद्यार्थीहरुको नेतृत्व गर्ने विद्यार्थी संघ संगठनहरुले क्याम्पसको पक्षमा आवाज उठाउदा क्याम्पस संचालक समिति मुखदर्शक बनेर बस्नु निन्दनीय छ । विद्यार्थी संघ संगठन संग गैरजिम्मेवार तरिकाले प्रस्तुत हुन खोजेको हाम्रो ठहर छ । आम विद्यार्थी र अभिभावकको मानसपटलमा नकारात्मक छाप पर्ने गरि क्याम्पसको गरिमा माथीनै प्रश्नचिह्न खडा हुने तरिकाले केही दिन अगाडि प्राध्यापक राजन भट्टराई र कृष्णकला राई बिच भएको अमर्यादित अडियो प्रकरण विभिन्न मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यार्थी संघ संगठनको तर्फबाट सो बिषयमा गम्भीर आपत्ति जनाउदै सत्यतथ्य छानबिन गरि दोषी उपर कडा कारबाही गर्न क्याम्पस संचालक समिती, क्याम्पस प्रशासन, पब्लिक प्राध्यापक संघ,प्रगतिशील प्राध्यापक संघ र प्रजातान्त्रिक प्राध्यापक संघको ध्यानाकर्षण गराइएको भएता पनि क्याम्पस संचालक समितिले यो बिषयमा कुनै चासो देखाएको छैन ।त्रिशुल छापे साँढे जस्तो हुँ भन्ने अहमता र घमण्डले हुन सक्छ विद्यार्थी संघ संगठनहरु संग छलफल संवाद गर्न नचाहेको, हामी आग्रह गर्न चाहान्छौ। घमण्ड र अहमताबाट ओर्लिएर विद्यार्थी संगठनको जायज मागलाइ सम्बोधन गर्न तयार हुनुहोस।क्याम्पसप्रती चिन्ता ब्यक्त गर्नुहोस।यदि हैन भने विद्यार्थीहरुको आधिबेरी शक्तिको अगाडि क्याम्पस संचालक समितिको घमण्ड र अहमता एक मिनेट पनि टिक्न नसक्ने चेतावनी दिन चाहान्छौ। बिग्यप्ती प्रती किन ध्यानाकर्षण हुन सकेन स्पष्ट जवाफ चाहान्छौ। संचालक समितिले यदि विद्यार्थी संघ संगठनको तागत नाप्न खोजेको हो भने त्यसको लागि विद्यार्थी संगठन तयार रहेको कुरा अवगत गराउन चाहान्छौ।
क्याम्पस प्रशासनको समन्वयमा विद्यार्थी संघ संगठनहरुको बिग्यप्तीलाई लिएर भाद्र ४ गते बिहिवार क्याम्पस प्रशासन,पब्लिक प्राध्यापक संघ,प्रगतिशील प्राध्यापक संघ,प्रजातान्त्रिक प्राध्यापक संघ,स्वबियु र विद्यार्थी संघ संगठनका प्रतिनिधिहरु बीच बैठक बसि दोषी उपर हदैसम्मको कारबाही हुनुपर्ने र क्याम्पसमा पटकपटक घट्ने यस्ता घटनालाई सधैको लागि अन्त्य गर्न सम्बन्धित निकायले कडा कदम चाल्नुपर्ने निष्कर्ष सहित बैठकमा उठेको बिषयबस्तुलाइ क्याम्पस प्रशासनले प्रतिवेदनमा समाबेश गरि संचालक समितीलाई बुझाउने निर्णय अनुसार प्रतिवेदन संचालक समितिमा पठाइसकेको जानकारी क्याम्पस प्रशासनबाट प्राप्त भएकोछ। अब कारबाहीको आवश्यक प्रक्रिया संचालक समितिबाट अगाडि बढाइ पबित्र शैक्षिक सस्थालाइ नै तहसनहस पार्ने गरि घटनामा संलग्न हुनेको सत्यतथ्य छानबिन गरि विद्यार्थीहरुको भावना अनुरुप दोषी उपर कडा भन्दा कडा कारबाही गर्न संचालक समिति समक्ष जोडदार माग गर्दछौ।घटनालाइ सामन्य रुपमा लिइ गल्तिलाइ ढाकछोप गर्ने कुचेष्टा गरिएको खण्डमा संचालक समितिको विरुद्धमा आवाज उठाउन विद्यार्थी संघ संगठनहरु बाध्य हुने कुरा स्पष्ट पार्न चाहान्छौ।
त्यसैले क्याम्पसलाई सर्बोपरी हितमा राखेर अबको १० दिन भित्र क्याम्पस संचालक समितिले सहि निर्णय लिन नसकेको खण्डमा क्याम्पसको गरिमालाई जोगाइ राख्न विद्यार्थी संघ संगठनहरु एकजुट भएर गलत प्रबृत्तिको अन्त्य गर्न घटनामा संलग्न प्राध्यापकहरु र गल्तीलाई ढाकछोप गर्न खोज्ने ब्यक्तिको पहिचान गरि विद्यार्थीहरुको तर्फबाट स्वतस्फूर्त कारबाही गर्न बाध्य हुने र सो कदमबाट हुन जाने सम्पुर्ण क्षति संचालक समितीले जिम्मा लिनुपर्नेछ।
विद्यार्थी एकता जिन्दावाद !