बेलबारीको गौरी टोलमा आगोलागी, तर कुनै मानबीय क्षति हुन नपाएको – Satabdi News

बेलबारीको गौरी टोलमा आगोलागी, तर कुनै मानबीय क्षति हुन नपाएको

भाद्र ३, बेलबारी । बेलबारी ३ स्थित गौरीटोलमा बिहान ८;३० बजे सुरेन माझीको घरमा त्रिशक्ति ग्यासको पाईप लिक भएपछि आगोलागी भएको छ ।

सुरेन माझीको श्रीमती कुन्ती माझीको भनाईअनुसार बिहान पुजापाठ गरेसके पछि चिया पकाएको थिए । यस्तै ८;३० बजे चिया पकाउने क्रममा त्रि शक्तिको ग्यास लिक भएर एक्कासि आगोलागी भयो । यदि ग्यास नै पडकिएको भए ठूलो रुपमा आफ्नो घरको साथै छिमेकीको घरहरु समेत जलेर नष्ट हुने थिए । आगोलागीबाट घरको लत्ताकपडा, दराज, अन्न, टि.भि, गुडिया समान जलेर अनुमान १ लाख जत्ति क्षति भएको कुरा शताब्दी न्युजलाई बताए ।

स्थानीयको सहयोगमा आगोलागी नियन्त्रण भएको र कुनै पनि मानबीय क्षति नभएको माझीले बताए । आगो नियन्त्रणको लागी घटनास्थल बेलबारी नगरपालिकाको दमकल आउदै गर्दा नियन्त्रण भएको थाहा पाएपछि घट्नास्थल नपुग्दै दमकल फर्किएको थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको गौरी टोलमा आगोलागी, तर कुनै मानबीय क्..." A few seconds ago

सम्बन्धित खवर