‘मलाई बचाइदिनुहोस्’ भन्दै कोरोना संक्रमित वरिष्ठ पशु चिकित्सक – Satabdi News

‘मलाई बचाइदिनुहोस्’ भन्दै कोरोना संक्रमित वरिष्ठ पशु चिकित्सक

भाद्र १, काठमाडौ । वरिष्ठ पशुस्वास्थ्य प्राविधिक म ४७ वर्षको भएँ । मेरो घर अछाम, पञ्चदेवल विनायक नगरपालिका १ ढकाल गाउँ पर्छ । केन्द्रीय पशु चिकात्सालय त्रिपुरेश्वरमा काम गर्छु । २७ वर्ष भयो जागिर खाएको । गएको साउन २७ गते स्वाव संकलन भयो । २९ गते कोरोना पोजिटिभ आयो । म सहित कार्यालयका ५ जनालाई कोरोना संक्रमण पुष्टि भयो ।
अरु सर तथा साथीहरु होम क्वारेन्टाइनमा बसेका छन् । अहिले म पनि आइसोलेशनमा बसेको छु । कार्यालयको कम्पाउण्डमा गाडी पार्किङ गर्ने ठाउँमा छुट्टै बसेको छु । अँध्यारो सानो कोठा छ बत्ति छैन । अध्याँरो कोठामा सुतेको छु । मलाई कोरोनाको लक्षण पनि देखिएको छ ।
सास फेर्न गाह्रो हुन्छ, छाती दुखिरहेको छ । टाउको दुख्छ, मेरुदण्डको पूरै भाग दुख्छ । १०१ देखि १०२ डिग्रीसम्म ज्वरो पुग्ने गरेको छ । आधा घण्टा एक घण्टासम्म हनहनी ज्वरो आउँछ ।

खान मन केही पनि लाग्दैन । बेसार, अदुवा, टिमुर, नुन, लसुन अनि गुर्जाेको रस र बोजो सेवन गरेर बसेको छु ।
भात देख्यो भने वाक्क लाग्छ । रोटी देख्यो भने पनि वाक्कै लाग्छ मलाई । दिनमा १० लिटर पानी खान्छु । यसैले म बाँचिरहेको छु अहिले । हिजो दिनभरीमा एक दाना स्याउ खाएँ । अहिले सम्म कसैले केही सहयोग छैन । राज्यले अलि सहयोग गरिदिए हुने थियो । आइसीयूमा पनि हामीले पैसा तिर्नुपर्ने हो भने त मसँग पैसा नै छैन । असार १२ गते तलब खाएको हो त्यसपछि पैसा नै छैन । साउनको तलबको अख्तियारी नै आएको छैन । मलाई डर के भने आईसीयूमा जानु पर्यौ र रकम बुझाउनु पर्यौ भने मलाई गाह्रो हुन्छ । सरकारले सहयोग गरे दुईचार दिन म आइसीयूमा बस्थेँ र स्लाइन चढाउँथे ।

मेरो परिवारमा श्रीमती र ३ सन्तान छन् । त्रिपुेश्वर कम्पेक्स, पशुस्वास्थ्य निर्देशनालयको खाली भागमा हामीले छाप्रो हालेर बसेका छौँ । उपचार पाएँ मलाई राम्रो हुन्थो कि भन्ने लागेको छ । जोर्नीहरु सुन्निएर साह्रै दुखेको छ । केही साथीहरुसँग अस्पतालको बेड मिलाईदिन कुरा पनि गरेको छु तर अहिलेसम्म अस्पताल जान सकेको छैन । मैले कसरी उपचार पाउँछु होला ?

साभार; रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘मलाई बचाइदिनुहोस्’ भन्दै कोरोना संक्रमित वरिष्..." A few seconds ago

सम्बन्धित खवर